एनपिएल : आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । एनपिएलमा शुक्रबार कुनै पनि खेल भएनन् । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको तालिकाअनुसार शुक्रबार एक दिनका लागि विश्राम दिएको थियो । आज (शनिबार)को पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । त्यस्तै, आज (शनिबार)को दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमने-सामने हुनेछन् । दोस्रो खेल साँझ ५ बजे सुरु हुने तालिका छ । यसअघि उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको थियो । यस्तै, चितवन राइनोजले आफ्नो पहिलो खेलमा विराटनगर किंग्समाथि आठ रनको सनसनीपूर्ण जित हासिल गरेको थियो । सुदूरपश्चिम रोयल्सले हालसम्म खेलेका दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको छ भने विराटनगर किंग्सले आफ्ना दुवै खेल गुमाएको छ । समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । पहिलो क्वालिफायर मंसिर १, इलिमिनेटर मंसिर २, दोस्रो क्वालिफायर मंसिर ३ र फाइनल मंसिर ५ गते हुनेछ । दस स्थानमा ‘फ्यान जोन’एनपिएलको तेस्रो संस्करणको खेल हेर्न देशका विभिन्न शहरमा ‘फ्यान जोन’ सञ्चालन गरिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण सामूहिकरूपमा हेर्न देशभरका १० शहरमा ‘फ्यान जोन’ सञ्चालन गरिएको छ । जहाँ ठूला एलइडी स्क्रिनमार्फत् प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको छ । काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको गेट नम्बर २ अगाडिको मैदानमा खेल हेर्ने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकाबाहिर कर्णालीको सुर्खेतस्थित घण्टाघर डबली, सुदूरपश्चिमको धनगढीस्थित कबर्ड हल क्षेत्र, बुटवलको सिद्धेश्वरी ग्राउण्ड, पोखराको मालेपाटन चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसर, मधेसको जनकपुरस्थित बाह्रबिघा चौर र विराटनगरस्थित पुरानो गुद्री मैदानमा ‘फ्यान जोन’ सञ्चालन गरिएको छ । एनपिएल नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज टुर्नामेन्ट हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको यस लिगमा आठ फ्रेन्चाइज टिमको सहभागिता छ । कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाण्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन् । एनपिएल सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । लिग चरणका खेलहरूपछि प्लेअफ हुँदै फाइनल हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछन् । प्लेअफमा दुई क्वालिफायर, एक इलिमिनेटर र फाइनल गरी चार खेल हुनेछन् । नेपालमा व्यावसायिक खेलकुदको जग बसाउने क्रममा महत्त्वपूर्ण भूमिका खेलिरहेको ‘एनपिएल क्रिकेट २०२६’ का लागि आइसिसीको मान्यताले समग्रमा नेपालको क्रिकेटको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्नुका साथै एनपिएललाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न सहयोग हुने विश्वास गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मध्यराति नेपाल प्रहरीको वक्तव्य : ‘समाचारका विषयमा साइबर ब्युरोमा सञ्चारकर्मी बोलाइनु गलत होइन’
नेपाल प्रहरीले केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइनु कुनै गलत काम नभएको जिकिर गरेको छ। शुक्रबार साँझ सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्रेर छाडेपछि नेपाल प्रहरीले मध्यराति वक्तव्य जारी गरी समाचारको सत्यताबारे सामान्य जानकारी लिने उद्देश्यले साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाउनु ‘सही’ ... ...

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि...
भोजपुर । धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि... ...

लोककथा : छली कपटी दुष्टको जुनि, पटक्कै हुँदै नहुनी
यो संसारमा सबभन्दा खराब नजिकको शत्रु हुन्छ । त्यसैले भन्छन् पहिलो शत्रु दाजुभाइका लागि दाजुभाइ र दिदीबहिनीका लागि दिदीबहिनी नै डाढे र शत्रु हुन्छन् । यहाँ त्यस्तै यो धनी दिदी र गरिब बहिनीको लोककथा हो । उहिल्यैको कुरा हो बाह्रमुले भन्ने गाउँमा दिनानाथ भन्ने धनी मानिस बस्दथे । उनको धनी भइकन पनि असाध्यै डाढे पुतली नाम गरेकी स्वास्नी थिइन् । ...

नुवाकोटबाट फर्किँदा : केही आँसु, केही मौनता र नबिर्सिने संवेदना
विक्रम संवत् २०८३ भदौ १० गते (२०२६ अगस्ट २६) को बिहान भोटेकोशीमा आएको आकस्मिक बाढीले केही घण्टामै परिचित भूगोललाई अपरिचित बनाइदियो । नदीको बहावसँगै घर, सडक, पुल, जीविकाका आधार र मानिसका वर्षौंका स्मृतिहरू बगेर गए । रसुवाको सीमावर्ती क्षेत्रमा उत्पन्न भएको ठूलो बहाव भोटेकोशी हुँदै तलतिर फैलिँदा नदीकिनारका बस्तीहरू प्रभावित भए । प्रारम्भिक प्राविधिक अध्ययनहरूले ल्हेन्दे खोलाको बहाव केही समय ...


