एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्याएको भन्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो। यी सम्मानले डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा बैंकले गर्दै आएका नवीनतम प्रयास र उपलब्धिलाई थप पुष्टि गरेको बैंकले जनाएको छ। बैंकले ग्राहकको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आएको छ। भरपर्दो डेबिट कार्ड सेवा तथा आधुनिक डिजिटल बैंकिङ सुविधामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको बैंकको भनाइ छ। प्रविधिको अधिकतम प्रयोग गरी ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको प्रमुख प्राथमिकता रहेको जनाएको छ। ग्राहकको निरन्तर विश्वास र साथबाट प्राप्त यस सफलताले आगामी दिनमा थप गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रेरणा मिलेको बैंकले उल्लेख गरेको छ। एनएमबि बैंकले हाल देशभर १९६ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
एनएमबि बैंकले जित्यो भिसाका दुई प्रतिष्ठित अवार्ड, डिजिटल बैंकिङमा उत्कृष्ट योगदानको कदर

Read Complete Original Article
Published originally on पर्दाफास






