एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न शुक्रबार आह्वान गरेको एनएफएलले जनाएको छ । नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति १६ नोभेम्बर २०२६ अर्थात् ३० कात्तिक २०८३ तोकिएको छ । बोलपत्र फारामको शुल्क ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । उक्त शुल्क फिर्ता हुने छैन । नयाँ क्लबका लागि आवेदन दिने इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयता सम्बन्धी विवरण पेस गर्नुपर्नेछ । यसैबीच, नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन हुने घोषणा भइसकेको छ । एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको छ । हाल लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफ्सी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफ्सी र झापा एफ्सी छन् । रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एण्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नापी कार्यालयद्वारा ४८ लाख राजस्व सङ्कलन
दाङ । दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा रु ४८ लाख... ...

नेपा एपमा नयाँ अपडेट
काठमाडौं । नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनलाई सहज बनाउने विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् । कम्पनीका अनुसार फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, नियमित रूपमा पानी पिउन सम्झाउने वाटर रिमाइण्डर, जिल्लागत मौसम, तरकारी मूल्य, इन्धन मूल्य, अस्पतालमा उपलब्ध फ्री खाली बेड तथा ब्लड बैंकसम्बन्धी जानकारी लगायतका सुविधा नयाँ अपडेटका मुख्य ...

सांग्रिला बैंक २३औँ वर्षमा प्रवेश
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २२औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको २२ वर्षे यात्रामा साथ र सहयोग गर्ने संस्थापक, सञ्चालक, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियमनकारी निकायप्रति आभार गर्नुभयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत रवीन सिजापतिले आगामी दिनमा बैंकका सेवा थप स्मार्ट, ...

काठमाडौं फिल्म फेस्टिभल : ‘मौलिक र नौलो’
काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ सहभागी कलाकारहरूले आफूले सहभागिता जनाएका अन्य फेस्टिभलभन्दा मौलिक र नौलो भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार वसन्तपुरमा सम्पदा पदयात्रा तथा खुला सांस्कृतिक प्रस्तुतिसहित सुरु भएको फेस्टिभलमा डबली, चोक र मन्दिरका सिँढीमा परम्परागत नृत्य, गायन तथा वादन प्रस्तुत गरिएको थियो । स्वदेशी तथा विदेशी कलाकार, कूटनीतिक नियोगका प्रमुख र स्थानीय तहका जनप्रतिनिधिहरूले ...


