एडीबीएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाडौं, कात्तिक ११ । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन्। यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ। डिसहोमले आफ्ना ग्राहकहरूलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त ग्राहकहरूले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमहरूबाट समेत आफ्ना डिसहोम सेवाहरू नवीकरण गर्न सक्नेछन्। डिजिटल माध्यमबाट सेवा नवीकरण गर्ने विकल्पहरू विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार उपयुक्त माध्यम छनोट गर्न सहज बनाउने दिशामा निरन्तर पहल गरिरहेको डिसहोमले जनाएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News
_0WeMCgZidg.png)
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
काठमाडौं- नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै LG Water Purifier उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार ...

बाढीले खेतीयोग्य जमिनदेखि जैविक विविधतासम्म पुर्याएको क्षतिको हिसाब खोजिँदै
काठमाडौं । भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्ले पुर्‍याएको क्षतिको यकिन विवरण तयार गर्न सरकारले कृषि उत्पादन, पशुपन्छी, खेतीयोग्य जमिन, जलचर र जैविक विविधतामा परेको असरको मूल्याङ्कन गरिरहेको छ । तर, विशेषगरी कालीगण्डकी करिडोरमा विस्तृत सर्वेक्षण हुन नसक्दा क्षतिको वास्तविक आकार पत्ता लगाउन चुनौती देखिएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन त… ...

तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा मन्त्री श्रेष्ठको जोड
काठमाडौं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उक्त कुरा थाइल्यान्डको बैङ्ककमा आयोजित एसिया तथा ...

मुगुमा खानेपानी योजना : फर्जी मूल्याङ्कन गरेर डीपीआरमै करिव साढे ३९ लाख झ्वाम्, अख्तियारले चलायाे मुद्दा
काठमाडौँ / मुगुमा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको ...


