एकताबद्ध भएर जनताको आकर्षण फर्काउन ओलीको निर्देशन

काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अगाडि बढ्दा मात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन्। पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। कार्यक्रम महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरुको उपस्थिति थियो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

स्पेनमा तिव्र गतिका दुई ट्रेन ठोक्किदाँ कम्तिमा ३० जनाको मृत्यु
रेल सञ्चालक कम्पनी ‘अदिफ’ का अनुसार यस दुर्घटनापछि उक्त मुख्य रेलमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । दुर्घटनाको यकिन कारण र हताहत हुनेहरूको पूर्ण विवरण भने अझै आइसकेको छैन । ...

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता, विदेशमा रकम पठाउन सहज हुने
काठमाडौँ। एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण (फन्ड ट्रान्सफर) सेवालाई थप प्रभावकारी र सहज बनाउन विश्वप्रसिद्ध डिजिटल भुक्तानी संस्था भिजासँग सम्झौता गरेको छ। बैंकले आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई विस्तार गर्ने उद्देश्यसहित... ...
![विपद्को कृषि तथा वातावरणीय क्षतिको तथ्याङ्क सार्वजनिक गर्न माग [भिडियो]](https://hamrakura.com/uploads/news/images/samsadd-11-07.jpg)
विपद्को कृषि तथा वातावरणीय क्षतिको तथ्याङ्क सार्वजनिक गर्न माग [भिडियो]
भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद् आएको एकदेखि दुई महिना बितिसक्दा ...

नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढ्यो
काठमाडौं।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अंकले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अंकले बढेर १८४ दशमलव ७३ मा पुगेको ...


