Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एक महिनामै १२ हजार ९६७ चालक कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक महिनामै १२ हजार ९६७ चालक कारबाहीमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन्। प्रहरीले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित जाँच तथा निगरानी गर्दै आएको छ।मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने व्यवस्था छ। प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१०५ देशका गभर्नरको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक, विश्व पौडेलले पाए बी–ग्रेड
Latest NewsJust now

१०५ देशका गभर्नरको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक, विश्व पौडेलले पाए बी–ग्रेड

काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ले तयार गरेको विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको वार्षिक कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बी–ग्रेड प्राप्त गरेका छन् । १०५ वटा केन्द्रीय... ...

रातोपाटी
अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल
Latest NewsJust now

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल

इस्लामाबाद, कात्तिक ३० गते । पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ । विदेशमन्त्री इशाक दारले सो... ...

गोरखापत्र
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको भेट

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार भेटमा दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । ...

कान्तिपुर
जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त
Latest NewsJust now

जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन् । आईसीसी बोर्डले बालीमा बसेको बोर्ड तथा समितिको बैठकमा निर्देशकहरूले गरेको प्रस्तावपछि शाहलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो । आईसीसीले विश्वव्यापी रूपमा क्रिकेटको विस्तार, समर्थकको सहभागिता वृद्धि र व्यावसायिक विकासलाई प्राथमिकतामा राखिरहेका बेला शाहको पुनर्नियुक्तिलाई नेतृत्वप्रतिको विश्वास र निरन्तरताका रूपमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play