Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एक महिनामा पाथीभरामा ६४ हजार बढी तीर्थयात्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक महिनामा पाथीभरामा ६४ हजार बढी तीर्थयात्री
Photo / Coverage: नेपालन्युज

ताप्लेजुङ।ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए। उक्त विवरण पछिल्लो तीन वर्षयताकै एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो संख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। यसैगरी, कात्तिक १७ गते १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए। चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी पाथीभरा पुगेका हुन्। यसअघि असोजमा ११ हजार ९३०, भदौमा ६ हजार १२३ र साउनमा दुई हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए। पाथीभराको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाखभन्दा बढी भक्तजन दर्शनका लागि पुग्ने गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गोकर्णेश्वरमा यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुने
Latest NewsJust now

गोकर्णेश्वरमा यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ । बाल क्रिकेटको विकास र सानै उमेरदेखि प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले काठमाडौँको गोकर्णेश्वरमा राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मङ्सिर १ गतेदेखि... ...

रातोपाटी
रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु
Latest NewsJust now

रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु

मुगु । रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रारा जिप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । दुर्घटनामा घाइते भएका जिप चालक ललितपुर–१५ ...

केन्द्रबिन्दु
अस्पताल बनाउन १६७ रोपनी जग्गा दान दिएका स्थानीय अनशनमा
Latest NewsJust now

अस्पताल बनाउन १६७ रोपनी जग्गा दान दिएका स्थानीय अनशनमा

सरकारले जग्गा लिएर पनि अस्पताल निर्माणको काम अगाडि नबढाएको भन्दै ओखलढुङ्गाका स्थानीय बासिन्दा अनशनमा बसेका छन्।  ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ का अर्जुन कुमार गौतम, माधवप्रसाद ढुङ्गाना, लक्ष्मण भुजेल र शारदाप्रसाद गौतम अनशनमा बसेका हुन्। मेडिकल कलेजसहितको १५० शय्याको अस्पताल बनाउने भनेपछि स्थानीय बासिन्दाले २०७७ सालमा १६७ रोपनी जग्गा कोशी प्रदे... ...

नेपालखबर
रारा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
Latest NewsJust now

रारा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

मुगु। रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको साेमबार काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play