Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एआई एजेन्टले एपीआई की चोरी गरेर एक महिना साइबर अपराध अभियान चलाएको अमेजनको खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई एजेन्टले एपीआई की चोरी गरेर एक महिना साइबर अपराध अभियान चलाएको अमेजनको खुलासा
Photo / Coverage: टेक्नोलोजी खबर

ह्याकरहरूले लाइटएलएलएम र डिफाईजस्ता इन्टरनेटमा खुला रहेका एआई एपबाट एपीआई की चोरी गर्न एआई एजेन्ट प्रयोग गरेको अमेजनले जनाएको छ। चोरी गरिएका की प्रयोग गरेर उनीहरूले आफ्नो परिचयसम्बन्धी विवरण खोज्ने अभियानलाई निरन्तरता दिएका थिए। अमेजनका अनुसार यी एआई एजेन्टहरू पेनिट्रेसन टेस्टिङका लागि बनाइएको खुला स्रोतको एआई उपकरण आर्टेक्समा सञ्चालन भएका थिए। यो अभियान अक्टोबर ३ मा सुरु भएको थियो। अमेजनका अनुसार नोभेम्बर ५ मा कम्पनीको म्याडपट नामक विश्वव्यापी प्रलोभनमा आधारित साइबर जोखिम निगरानी सञ्जालले एआई एजेन्टबाट आएका अनुरोधहरू र तिनमा समावेश सञ्चालनसम्बन्धी मेमोरी अभिलेख फेला पारेपछि अभियान अवरुद्ध गरिएको थियो। यसबाट साइबर अनुसन्धानकर्ताले पत्ता लागेका अभियान कसरी सञ्चालन भइरहेका थिए भन्ने जानकारी प्राप्त गरे। यस घटनामा एआई एजेन्टले आफ्नै गतिविधि उजागर गर्न पनि सहयोग गरेका थिए। उनीहरूले ठूला भाषा मोडेल (एलएलएम) प्रयोग गर्न लोकप्रिय सेवाजस्ता देखिने गरी तयार पारिएका प्रलोभन प्रणालीमा अनुरोध पठाएका थिए। ती अनुरोधमा उनीहरूले सञ्चालन गरेका साइबर आक्रमण अभियानका विवरणसमेत समावेश थिए। यी अभियान खुला स्रोतको एजेन्टमा आधारित एआई पेनिट्रेसन टेस्टिङ फ्रेमवर्क आर्टेक्समार्फत सञ्चालन भएका थिए। अमेजनले आफ्नो सुरक्षा ब्लगमा यस्तो जानकारी दिँदै सम्भावित रूपमा प्रभावित अमेजन वेब सर्भिसेज (एडब्लुएस) का ग्राहकलाई सूचित गरिसकेको जनाएको छ। एपीआई की छिट्टै चोरी हुन सक्छन् आक्रमणकारीले सुरक्षासम्बन्धी परीक्षणका लागि बनाइएका यस्ता उपकरणलाई आपराधिक गतिविधिमा प्रयोग गर्न सक्ने देखिएको छ। मुख्य अभियानमा एआई एजेन्टले इन्टरनेटमा खुला रहेका एआई एप खोज्ने, तिनबाट एपीआई की निकाल्ने, ती कीले काम गर्छन् कि गर्दैनन् भनेर परीक्षण गर्ने र काम गर्ने कीहरू साझा भण्डारमा जम्मा गर्ने गरेका थिए। अमेजनका अनुसार एआई एजेन्टका अभिलेखमा उल्लेख गरिएका सयौँ लक्ष्यमा लाइटएलएलएम, वन एपीआई र भेलोएरासहितका एलएलएम गेटवे तथा प्रोक्सी प्रणाली र फास्टजीपीटी तथा डिफीजस्ता एआई एप निर्माण गर्ने प्लेटफर्म थिए। अमेजनले भनेको छ, “आर्टेक्सको सबैभन्दा उल्लेखनीय अभियान एआई मोडेलमा पहुँच प्राप्त गर्ने प्रमाणपत्रहरूको ठूलो स्तरको चोरी थियो। यो आफैँलाई निरन्तरता दिन सक्ने गरी व्यवस्थित गरिएको अभियान थियो, जसमा चोरी गरिएका कीमार्फत थप प्रमाणपत्र खोज्न आवश्यक एलएलएम इन्फरेन्सको खर्च जुटाइन्थ्यो।” साइबरन्युजका अनुसार अर्को अभियानमा वास्तविक समयमै डीपफेक प्रविधि प्रयोग गरेर क्रिप्टोकरेन्सी एक्सचेन्जहरूको ग्राहक पहिचान प्रमाणीकरण (केवाईसी) प्रक्रिया छल्ने प्रयास गरिएको थियो। यद्यपि, एउटा महत्त्वपूर्ण कुरा के छ भने फेला परेका अभिलेखमा उल्लेख गरिएका सबै लक्ष्यमा साइबर आक्रमण सफल भएको थियो भन्ने छैन। अमेजनले संस्थाहरूलाई आफ्ना प्रणाली आफैँ जाँच गर्न सहयोग पुगोस् भनेर प्रतिवेदन सार्वजनिक गरेको स्पष्ट पारेको छ। तर यी निष्कर्ष विशेषगरी वेबसाइट, आन्तरिक उपकरण र ग्राहकले प्रयोग गर्ने एपमा एआई सुविधा समावेश गरिरहेका कम्पनीका लागि चिन्ताजनक देखिन्छन्। यसका साथै आक्रमणकारीले अपनाएको कार्यशैली निकै व्यवस्थित देखिएको छ। उदाहरणका लागि, एउटा प्रमाणपत्र चोरी अभियानमा सञ्चालकहरूले एआई एजेन्टलाई निश्चित क्रमअनुसार विभिन्न देशका प्रणाली जाँच गर्न, व्यक्तिगत परियोजनाभन्दा संस्थागत उत्पादन प्रणालीलाई प्राथमिकता दिन र चोरी भएका प्रत्येक प्रमाणपत्रले काम गर्छ कि गर्दैन तथा त्यसबाट कुन प्रणालीमा पहुँच प्राप्त गर्न सकिन्छ भन्ने मूल्याङ्कन गर्न निर्देशन दिएका थिए। The post एआई एजेन्टले एपीआई की चोरी गरेर एक महिना साइबर अपराध अभियान चलाएको अमेजनको खुलासा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस
TechnologyJust now

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस

युद्धमा कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित स्वायत्त हतियारको प्रयोग बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घमा तिनलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था बनाउनुपर्ने विषयमा बहस सुरु भएको छ। ‘किलर रोबोट’ नामले चिनिने यस्ता हतियारको प्रयोग र नियन्त्रणबारे निर्णय गर्न सोमबारदेखि १२८ देशका प्रतिनिधि जेनेभामा भेला हुँदैछन्। स्वायत्त हतियारले मानवीय हस्तक्षेपबिना लक्ष्य पहिचान गरी आक्रमण गर्न सक्ने भएकाले यसको प्रयोगले नागरिकको जीवन र सुरक्षामा जोखिम बढाउने ...

टेक्नोलोजी खबर
ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गर्दै
TechnologyJust now

ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गर्दै

ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गरिरहेको छ। हाल ह्वाट्सएपमा लोकेसन सार्वजनिक गर्न प्रयोगकर्ताले पहिले फोटो वा भिडियो छनोट गरी त्यसमा लोकेसन स्टिकर राख्नुपर्ने हुन्छ। तर, नयाँ सुविधामार्फत स्टाटस राख्ने क्रममा छुट्टै ‘लोकेसन’ विकल्प उपलब्ध हुनेछ। यसबाट प्रयोगकर्ताले फोटो वा भिडियोबिना नै आफ्नो स्थान साझा गर्न सक्नेछन्। यो सुविधा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको हो। यो हाल ...

टेक्नोलोजी खबर
एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध
TechnologyJust now

एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध

गुगलले एप्पल कारप्लेमा जेमिनी एप उपलब्ध गराउन थालेको छ। यससँगै आईओएस प्रयोगकर्ताले कारको डिस्प्लेमार्फत जेमिनी लाइभसँग हात प्रयोग नगरी कुराकानी गर्न सक्नेछन्। यसअघि गुगलले एन्ड्रोइड अटो र गुगल बिल्ट–इन सुविधा भएका कारमा पनि जेमिनी उपलब्ध गराउन थालेको थियो। कारप्लेको स्क्रिनमा जेमिनीको आइकनमा थिचेपछि प्रयोगकर्ताले नयाँ कुराकानी सुरु गर्न वा हालै भएका कुराकानीमध्ये कुनैलाई निरन्तरता दिन सक्छन्। सडकमा ध्यान दिनुपर्ने अवस्थामा उनीहरूले ...

टेक्नोलोजी खबर
Bajaj Game of Power Enters Final Days, Offer Ends November 20
TechnologyJust now

Bajaj Game of Power Enters Final Days, Offer Ends November 20

With the November 20 deadline approaching, Bajaj Nepal is reminding customers to make the most of the remaining days of its ‘Bajaj Game of Power – Khelne ho?’ campaign. Featuring Sureshot rewards of up to NPR 1 Lakh, interactive gaming opportunities and exclusive experiences with Nepal’s sporting champions, the campaign brings together rewards, entertainment and the thrill of competition. Customers purchasing ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play