ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजनाहरूको निर्माण, विपद् प्रतिकार्य, पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको हो । भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै भोगेका श्रृंखलाबद्ध विपद्मा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए । उनले विद्युत् व्यापारलाई बढाउन, नेपालमा सञ्चालित परियोजनाहरू सम्पन्न गर्न र निजी क्षेत्रलाई लगानी अभिवृद्धि गर्न आग्रह गरे । विदेश सचिव मिश्रीले भारत ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । भेटमा ऊर्जा सचिव डा. जगदिश्वर कर्माचार्यसहित ऊर्जा मन्त्रालयका अधिकारीहरू सहभागी थिए । यस्तै, भारतका तर्फबाट भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

Read Complete Original Article
Published originally on पर्दाफास






