Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी- भनेको मान्ने मान्छे नियुक्ति गरेको होला

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी- भनेको मान्ने मान्छे नियुक्ति गरेको होला
Photo / Coverage: पर्दाफास

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हुन सक्ने टिप्पणी गरेका हुन् । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको थियो । सरकारको उक्त निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने, ‘उनीहरूले भनेको मान्छे भनेर नयाँ नियुक्ति गरेको होला ।’ यसैबीच, ओलीले मंगलबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग आफ्नो राम्रो कुराकानी भएको बताएका छन् । ‘गगनकुमार थापासँग राम्रो कुराकानी भयो, राजनीतिक कुराहरू भए’, ओलीले भने । थापासँग राजनीतिक विषयमा कुराकानी भएको उनले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरण
OthersJust now

‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरण

नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथिको धरपकड तथा बिचौलिया इनम सापकोटासँग न्यायाधीश जोडिएको प्रकरणमा छानबिन समिति गठन गरी अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि गरिएको धरपकडको निन्दा गर्दै उनले पत्रकार पक्राउ गर्न प्रहरी सञ्चारगृहमा पुग्ने तर पक्राउबारे गृह ...

पर्दाफास
आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर
OthersJust now

आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर

पुरानो भवन रहेको ठाउँमा बहुतले भवन बनाउने योजना बुनिरहेको महानगरले आफैं पनि धेरै ठाउँमा व्यापारिक भवन बनाएर भाडा खाइरहेको छ । तर आफैं भने प्रशासनिक भवनविहीन छ । ...

अनलाइन खबर
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष
OthersJust now

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो । ...

अनलाइन खबर
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म
OthersJust now

ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित भएको र ओलीको सम्बन्ध तत्कालीन सभापति शेरबहादुर देउवासँग घनिष्ठ रहेकाले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play