Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा उत्पादनमा विभिन्न स्रोतको हिस्सा निर्धारण गरेर लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने सरकारको तयारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो । नयाँ ऊर्जा मिश्रणले आगामी दशकमा कुन प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ । हाल नेपालमा करिब ४ हजार २०० मेगावाट विद्युत् उत्पादन क्षमता जडित छ । उत्पादनको ठूलो हिस्सा नदी प्रवाही आयोजनाबाट आउने भएकाले वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने मौसमी असन्तुलन छ । यसलाई व्यवस्थापन गर्न जलाशययुक्त, पम्प स्टोरेज र वैकल्पिक ऊर्जा स्रोतको विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ । यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यका आधारमा ऊर्जा मिश्रण निर्धारण गरिएको थियो । उक्त ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाहीको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्तको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको ५ देखि १० प्रतिशत कायम गरिएको थियो । सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो । २०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्‍याएपछि पीपीए प्रक्रियामा सोहीअनुसार व्यवस्था गरिएको थियो । त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १ हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको पीपीए स्वीकृत गरेको थियो । तर गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया प्रभावित भयो । त्यसयता नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीएसमेत रोकिएको छ । प्राधिकरणकाअनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट, ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भएको छ । तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् । पीपीए नहुँदा निजी क्षेत्रका आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पीपीएलाई आयोजना निर्माणका लागि ऋण प्राप्त गर्ने प्रमुख आधार मानिन्छ । त्यसैले नयाँ ऊर्जा मिश्रणले पीपीएको बाटो खोल्ने मात्र नभई निजी क्षेत्रको लगानी र आयोजना निर्माणलाई समेत गति दिने अपेक्षा गरिएको छ । नयाँ ऊर्जा मिश्रणमा सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतलाई पनि समेट्ने तयारी छ । जलविद्युत्मा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेकाले ऊर्जा स्रोत विविधीकरणलाई प्राथमिकता दिन लागिएको हो । विशेषगरी जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाले विद्युत् भण्डारण र मागअनुसार आपूर्ति व्यवस्थापनमा सहयोग पुर्‍याउन सक्छन् । सौर्य तथा वायु ऊर्जाको विकासले पनि उत्पादन प्रणालीमा विविधता थप्नेछ । ३० हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै आन्तरिक खपत, प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत् व्यापार विस्तार पनि चुनौतीपूर्ण छ । भारतसँगै बंगलादेशसम्म विद्युत् निर्यातको सम्भावना बढिरहेका बेला सन्तुलित ऊर्जा मिश्रणले वर्षायाम र हिउँद दुवैमा विद्युत् उपलब्धता व्यवस्थापन गर्दै निर्यातयोग्य ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिर्चैयामा ब्राउन सुगरसहित दुई युवक पक्राउ, एक जना फरार
Latest NewsJust now

मिर्चैयामा ब्राउन सुगरसहित दुई युवक पक्राउ, एक जना फरार

जनकपुरधाम । सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ। अर्का एकजना भने प्रहरीलाई देखेपछि फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी... ...

रातोपाटी
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
Latest NewsJust now

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

रूपन्देही । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो । सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी […] ...

लोकपथ
इजिप्टको कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु
Latest NewsJust now

इजिप्टको कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

काठमाडौं । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बुधबार साँझ कायरोको वर्राक क्षेत्रमा पर्ने रिङ रोडमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको हो । आगो आसपासबाट गुज्रिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement