Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इजिप्टको कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजिप्टको कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बुधबार साँझ कायरोको वर्राक क्षेत्रमा पर्ने रिङ रोडमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको हो । आगो आसपासबाट गुज्रिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि नजिकका अस्पतालमा उपचार गरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा राजमार्गमा आगोका ठूला लप्का र आकाशमा फैलिएको कालो धुवाँ देखिएको छ । आगलागीका कारण आसपासमा रहेका कैयौँ सवारीसाधन जलेर नष्ट भएका छन् । सरकारी अखबार अल–अहरामका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको पाइएको छ । त्यसपछि ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको र पेट्रोल सडकमा पोखिएपछि आगलागी भएको बताइएको छ । घटनाको आधिकारिक कारणबारे भने अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज
Latest NewsJust now

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

काठमाडाैँ । नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रा.लि. को इजाजतपत्र खारेज गरेको छ। भीमदत्तनगर–४, महेन्द्रनगरमा रहेको उक्त मनिचेञ्जरले राष्ट्र बैंकबाट भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्न इजाजतपत्र पाएको थियो। कम्पनीले कारोबार बन्द गरेपछि इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो। निवेदनका आधारमा बैंकले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ ...

टक्सार
बाजुराकी २० वर्षीया सुत्केरीको हवाई उद्धार
Latest NewsJust now

बाजुराकी २० वर्षीया सुत्केरीको हवाई उद्धार

काठमाडौं। बाजुराको बुढीनन्दा नगरपालिका-१ की २० वर्षीया एक महिलाको हवाई उद्धार गरिएको छ। जटिल प्रसूति समस्यामा परेकी ती महिलालाई मङ्सिर ९ गते नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो। दुर्गम भेगका स्वास्थ्य सेवाको पहुँच नभएका गर्भवती तथा ...

नेपालन्युज
पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक निर्माण अन्तिम चरणमा
Latest NewsJust now

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक निर्माण अन्तिम चरणमा

जीवछ यादव सिरहा, मङ्सिर १० गते । पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुर–कमला सडक निर्माण प्रगति ८० प्रतिशतभन्दा बढी भएको छ । ८७ किलोमिटर चार लेन सडकको पश्चिमी खण्ड कुशहा–कमला ४७.२ किल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement