Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनबीच भेटवार्तामा भएको छ । भेटमा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सम्भावित विपद्बाट ऊर्जा पूर्वाधार सुरक्षित राख्न जोखिममा आधारित योजना, पूर्वसूचना प्रणाली, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता बढाउन आवश्यक रहेको औँल्याएका छन् । त्यस्तै, बढ्दो विद्युत् माग र औद्योगिक विकासलाई ध्यानमा राख्दै उत्पादनसँगै प्रसारण तथा वितरण प्रणाली विस्तार, ग्रिडका अवरोध हटाउने र विद्युत् निर्यात क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । ऊर्जा सुरक्षाका लागि जलविद्युत्सँगै सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोत, ऊर्जा भण्डारण र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको छ । भेटमा नेपाल सरकार र विश्व बैंकबीच विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन तथा ऊर्जा प्रणालीको दीर्घकालीन स्थायित्वका लागि समयसीमा र उपलब्धिमा आधारित सहकार्य अघि बढाउने विषयमा छलफल भएको छ । The post उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
४३ रन बनाउँदा काठमाडौंको २ विकेट पतन
Latest NewsJust now

४३ रन बनाउँदा काठमाडौंको २ विकेट पतन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याइरहेको काठमाण्डु गोर्खाजले ६.४ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४३ रन बनाएको छ। काठमाण्डुलाई जितका लागि अब बाँकी ८० बलमा १६२ रनको आवश्यकता छ। हाल क्रिजमा विलियम बोसिस्टो १६ बलमा २ चौका र २ छक्कासहित २४ रन बनाएर तथा राशिद खान ८ बलमा १ चौकासहित ६ ...

केन्द्रबिन्दु
मकवानपुरमा क्षमताभन्दा बढी सिट राखिएका तीन ईभीसहित ५ सवारी कारबाहीमा, ४५ हजार रुपैयाँ जरिवाना
Latest NewsJust now

मकवानपुरमा क्षमताभन्दा बढी सिट राखिएका तीन ईभीसहित ५ सवारी कारबाहीमा, ४५ हजार रुपैयाँ जरिवाना

हेटौँडा । क्षमताभन्दा बढी सिट राखेर यात्रु बोक्ने तथा आवश्यक कागजातबिना सञ्चालन भएका पाँचवटा सवारी साधनलाई मकवानपुर प्रहरीले कारबाही गरेको छ । कारबाहीमा तीनवटा ईभी, एउटा सुमो र एउटा बोलेरो परेका छन्... ...

रातोपाटी
रेड कार्पेटमा एकसाथ देखिए पुटिन, सी र ट्रम्प
Latest NewsJust now

रेड कार्पेटमा एकसाथ देखिए पुटिन, सी र ट्रम्प

काठमाडौं । चीनको शेन्जेनमा राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटै रेड कार्पेटमा देखिएका छन् । ट्रम्प, सी र सीकी पत्नी एकै ठाउँमा उभिरहेका बेला पुटिन त्यहाँ पुगेका देखिन्छन् । पुटिन र ट्रम्पले हात मिलाउँदै एकअर्काको काँधमा थपथपाएर आत्मीय अभिवादन गरेका छन् । अगस्ट २०२५ मा अलास्कामा भएको रुस–अमेरिका शिखर भेटपछि पुटिन र ट्रम्पबीच पहिलो भेट ...

कर्पोरट खबर
आनी छोइङले गरिन् पदभार ग्रहण
Latest NewsJust now

आनी छोइङले गरिन् पदभार ग्रहण

नियुक्तिको एक महिनापछि बुधबार लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालयमा रहेको उपाध्यक्षको कार्यकक्ष पुगेर पदभार सम्हालेकी हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play