Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

४३ रन बनाउँदा काठमाडौंको २ विकेट पतन

Share:WhatsAppFacebookX (Twitter)Telegram
४३ रन बनाउँदा काठमाडौंको २ विकेट पतन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याइरहेको काठमाण्डु गोर्खाजले ६.४ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४३ रन बनाएको छ। काठमाण्डुलाई जितका लागि अब बाँकी ८० बलमा १६२ रनको आवश्यकता छ। हाल क्रिजमा विलियम बोसिस्टो १६ बलमा २ चौका र २ छक्कासहित २४ रन बनाएर तथा राशिद खान ८ बलमा १ चौकासहित ६ रन बनाएर अविजित खेलिरहेका छन्। ओपनर साहिल पटेल ६ बलमा २ रन र साम हेजलेट १० बलमा ३ रन बनाएर आउट भए। दुवै विकेट चितवनका बलर रिजन ढकालले लिएका हुन्। रिजनले २ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर २ विकेट हात पारेका छन्। यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा २०४ रन बनाउँदै काठमाण्डुलाई २०५ रनको लक्ष्य दिएको थियो। चितवनका लागि कामिल मिश्राले ५३ बलमा ४ चौका र ८ छक्काको मद्दतले शानदार शतक प्रहार गरे भने रवि बोपाराले ४१ बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्षमताभन्दा बढी सिट राखिएका ७ सवारीसाधन कारबाहीमा
Latest NewsJust now

क्षमताभन्दा बढी सिट राखिएका ७ सवारीसाधन कारबाहीमा

मकवानपुरमा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका पाँचवटा विद्युतीय (ईभी) गाडीसहित सातवटा सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ।  त्यस्तै, प्रदेश सरकारले तोकेको समय र रुट उल्लंघन गर्ने थप २२ वटा ईभी तथा सुमो गाडीमाथि पनि ट्राफिक कारबाही गरिएको छ। बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा म... ...

नेपालखबर
साइबर स्क्याम केन्द्रमा ५ सय उजुरी, ठगी भएको ५० प्रतिशत रकम ‘होल्ड’
Latest NewsJust now

साइबर स्क्याम केन्द्रमा ५ सय उजुरी, ठगी भएको ५० प्रतिशत रकम ‘होल्ड’

काठमाडौँ । डिजिटल प्रविधिले जीवन सहज बनाए पनि पछिल्लो समय साइबर ठगी सर्वसाधारणका लागि ठुलो टाउको दुखाइ बनेको छ । बैंक खाता वा वालेटबाट पलभरमै रकम गायब हुने घटना बढ्दै... ...

रातोपाटी
डुसिट प्रिन्सेस काठमाडौंमा केक मिक्सिङ
Latest NewsJust now

डुसिट प्रिन्सेस काठमाडौंमा केक मिक्सिङ

होटलको किबु स्काई लाउन्जमा आयोजित समारोहमा सहभागी अतिथिहरूले आपसी आत्मीयता, खुसी र एकताको भावनासहित चाडपर्वको उल्लास साटासाट गरेको होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...

कान्तिपुर
कुमार बेनविरुद्ध जाहेर परेको पत्र भाइरल, काठमाडौं प्रहरी भन्छ- ‘थाहा छैन हजुर’
Latest NewsJust now

कुमार बेनविरुद्ध जाहेर परेको पत्र भाइरल, काठमाडौं प्रहरी भन्छ- ‘थाहा छैन हजुर’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यन्जनकार (कुमार बेन) विरुद्ध कुनै जाहेरी कार्यालयमा नपरेको दाबी गरेको छ । प्रहरी अनुसन्धानमा रहेका विचौलिया इनम सापकोटाको मोबाइल कब्जा गरी विभिन्न गोप्य म्यासेज डिलेट गरेको भन्ने आरोप खेपिरहेका कुमार बेनविरुद्ध भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा उजुरी परेको पत्र बाहिरिएको थियो । तर जिल्ला प्रहरी परिसर […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play