उपराष्ट्रपतिद्वारा बडादसैँको टीका ग्रहण

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए। गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरेका थिए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा
वीरगन्ज (पर्सा), कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका –१४ गण्डकस्थित गोल्डेन... ...

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:
भक्तपुर – भक्तपुरका नेवार समुदायले बुधबार मोहनी नख: मनाएका छन् । विजयादशमीको दिन बुधबार मान्यजनको हातबाट मोहनी सि: न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी न:ख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो […] ...

अफ्रिकामा फैलिएको इबोला संक्रमण नाइजेरिया पुग्यो
लागोस।अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ। युगान्डाबाट आएकी एक महिलामा संक्रमण पुष्टि भएको छ भने केन्यामा संक्रमितको संख्या नौ पुगेको छ। नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार, संक्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा सुरु भएको प्रकोपबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने चार ...

ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता- अशोकको ११ औँ जीत
म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा भएको परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११ औँ पटक उपाधि जितेर कीर्तिमान बनाएका छन्। सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले बडादसैँको महानवमी पर्वको अवसरमा आयोजित प्रतियोगितामा ११ औँ पटक उपाधि जितेर इतिहास बनाएका हुन्। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको ठेलोलाई सहभागी २२ जनामध्... ...


