उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिए । यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठीक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन् । भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा ...

दसैँ मनाएर काठमाडौँ फर्किनेको लर्को
काठमाडौं । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन् । यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती, तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी ...

दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा
युवालाई दुर्व्यसनबाट टाढा रहन र नियमित व्यायाम गर्न प्रेरित गर्ने उद्देश्यले उनीहरूले नेपाल–भारत सीमा क्षेत्रबाट यात्रा थालेका हुन्। ...

दसैँ मनाएर फर्किने यात्रुको चाप बढ्दै, नाकामा सवारीको लर्को
काठमाडौं।दसैँको बिदा सकिएसँगै काठमाडौं उपत्यका फर्किने यात्रुहरूको संख्यामा वृद्धि भएको छ। यात्रु र सवारीसाधनको चाप बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको लर्को देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा-कलङ्की, जडीबुटी-कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली-फर्पिङ सडकखण्डमा सवारीसाधनको चाप उच्च बनेको छ। दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका थिए। बिदा सकिएपछि उनीहरू ...


