Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा

उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिए । यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठीक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ । The post उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ
ताजा खबरJust now

फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको नीति, बढ्दो महँगी र आर्थिक असमानताको विरोध गर्दै शनिबार देशभरका सयभन्दा बढी स्थानमा दशौँ हजार नागरिक सडकमा उत्रिएका छन्। गत साता भएका हिंसात्मक घटनापछि सरकारले सुरक्षा व्यवस्था कडा पारे पनि प्रदर्शन रोकिएको छैन। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार देशभरबाट अशान्ति मच्चाएको आरोपमा १३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसोसम्म करिब ३५ हजार मानिस प्रदर्शनमा सहभागी ...

नेपालन्युज
यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
ताजा खबरJust now

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

आगामी यू–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सञ्चालन हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ ।  नेपालको प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश ...

फरकधार
पेन्सनको सुनिश्चितताको माग गर्दै मड्रिडमा दुई लाख ५० हजार व्यक्तिद्वारा प्रदर्शन
ताजा खबरJust now

पेन्सनको सुनिश्चितताको माग गर्दै मड्रिडमा दुई लाख ५० हजार व्यक्तिद्वारा प्रदर्शन

शनिबार स्पेनी सहर मड्रिडको मध्यभागमा करिब दुई लाख ५० हजार मानिसले स्पेनको राज्यद्वारा दिने गरेको पेन्सन प्रणालीको सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। स्पेनमा अर्को महिना हुने संसदीय निर्वाचनको एक प्रमुख मुद्दा यही हो। यो प्रदर्शन स्पेनको पेन्सन प्रणालीको दिगोपन र जीवनयापन खर्चबारे राजनीतिक विवाद चलिरहेका बेला भएको हो। समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजले दक्षिणप... ...

नेपालखबर
१० करोड क्लबमा शान्तिश्रीको गोर्खे खुकुरी
ताजा खबरJust now

१० करोड क्लबमा शान्तिश्रीको गोर्खे खुकुरी

काठमाडौँ। चर्चित गायिका शान्तिश्री परियार र गायक निश्चल दवाडीको स्वरमा रहेको चर्चित गीत 'गोर्खे खुकुरी'ले युट्युबमा १० करोड भ्युज पार गरेको छ। दर्शक तथा श्रोताको अपार माया पाउँदा यो गीत १०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play