विराटनगर । उदाउँदो सूर्यलाई सोमबार बिहान अर्घ्य अर्पण गरेसँगै चारदिने छठ पर्व सम्पन्न भएको छ। छठको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुले चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन्। छठ पर्वका अवसरमा विराटनगरका केसलिया र सिङ्घिया नदी किनार, नहर तथा विभिन्न पोखरीमा बनाइएका घाटमा व्रतालु तथा भक्तजनको भीड लागेको थियो। उनीहरूले धार्मिक विधिअनुसार सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको समापन गरेका छन्। प्रस्तुत छ, विराटनगरमा मनाइएको छठ पर्वका केही तस्बिर :
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालन्युज






