Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एनपीएल कुन-कुन टिमले खेल्दै छ क्वालिफायर–वान र इलिमिनेटर खेल ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल कुन-कुन टिमले खेल्दै छ क्वालिफायर–वान र इलिमिनेटर खेल ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अन्ततः लिग चरणका २८ खेलपछि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो चरणको प्ले–अफ समीकरण पूरा भएको छ । अब क्वालिफायर–वानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन् । इलिमिनेटरमा भने काठमान्डु गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ । मंगलबार क्वालिफायर–वान हुनेछ भने बुधबार इलिमिनेटर, त्यसपछि बिहीबार क्वालिफायर–टु हुनेछ । यसमा क्वालिफायर–वानको पराजित टिम र इलिमिनेटरको विजेताले एकअर्काको सामना गर्नेछन् । त्यसको अर्थ के रह्यो भने अन्तिम चार स्थानमा रहेर विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन्, यिनीहरूको यात्रा लिग चरणमै सीमित रह्यो । यसपल्ट लुम्बिनीले पहिलो पटक क्वालिफायर–वान खेल्दै छ । लिग चरणमा लुम्बिनी पाँच खेलमा विजयी रह्यो । बाँकी दुई खेलमध्ये एकको नतिजा निस्केन भने अर्कोमा पराजित रह्यो । यस्तोमा ११ अंकमा लुम्बिनी लिग तालिकाको शीर्षमा पनि रह्यो । अहिलेसम्मका तीन सिजनमा लुम्बिनी आठ टिममध्ये पहिलो स्थानमा आएको यो नै पहिलो पटक हो । लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनीले विराटनगरमाथि सनसनीपूर्ण रोमाञ्चक जित निकालेको थियो र यही नतिजाले उसको क्वालिफायर–वान खेल्ने निश्चित भएको थियो । पहिलो सिजन निकै खराब खेलेको लुम्बिनीले दोस्रो सिजन जसरी उपाधि जितेको थियो, त्यो आफैं अद्वितीय रहेको छ । पहिलो सिजन यो आठ टिममध्ये एकै जितमा पुछारमा परेको थियो । दोस्रो सिजनमा सुरुआती चार खेलमध्ये तीनमा पराजित रहेपछि तय जस्तै देखिएको थियो, यो टिम फेरि खराब स्थितिमा रहनेछ । त्यही स्थितिबाट लुम्बिनीले अविश्वसनीय यात्रा तय गरेको थियो । इलिमिनेटरमा उसले सबैभन्दा पहिले काठमान्डुलाई चार विकेटले पराजित गरेको थियो । काठमान्डु पहिले ब्याटिङ गर्दै १ सय ११ रनमै समेटिएपछि लुम्बिनीले १७.४ ओभरमा जित आत्मसात् गरेको थियो, ६ विकेट गुमाएर । त्यसपछि उसले क्वालिफायर–टुमा विराटनगरलाई ४० रनले सजिलै हरायो । त्यसमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ३४ रन बनाएको थियो । जवाफमा विराटनगरले १७.५ ओभरमा ९४ रन मात्र बनाउन सक्यो । यस्तोमा लुम्बिनी प्ले–चरणमा अपराजित रहेको छ । दोस्रो सिजन उपाधिसम्मको यात्रामा लुम्बिनी लगातार ६ खेलमा विजयी रहेको थियो । लगातार तेस्रो सिजन प्ले–अफ खेल्ने एक्लो टिम रहेको छ, सुदूरपश्चिम । यसअघिका दुवै सिजन उपविजेता बनेको सुदूरपश्चिमले दुवै अवसरमा क्वालिफायर–वान खेलेको थियो । दुवै अवसरमा सुदूरपश्चिमले लिग चरणको समाप्तिमा अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको थियो । अनि यस्तोमा भनिरहनु पर्दैन, यो टिम ती दुवै अवसरमा विजयी रहेको छ । त्यसैले यो टिम प्ले–अफमा अहिलेसम्म अपराजित छ । यी दुवै खेलमा सुदूरपश्चिमको जित आफैंमा प्रभावशाली रहेको छ । पहिलो सिजन सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गरेको थियो । जितका लागि १ सय ४० रन पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेट मात्र गुमाएर १ सय ४१ बनाएको थियो र यससँगै फाइनलमा प्रवेश गरेको थियो । दोस्रो सिजनको क्वालिफायर–वानमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले हराएको थियो । त्यसमा उसले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ५५ रन बनाएको थियो । जवाफमा विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाउन अगाडि ७८ रन मात्र बनाउन सक्यो । यो टिमलाई लिएर एउटै दुर्भाग्य के भने उसले खेलेका दुवै फाइनलमा हारको सामना गर्नुपरेको छ । अनि यो टिम यसपल्ट लिग चरणको समाप्तिमा पहिलो स्थानमा पनि रहेन, दोस्रोमै चित्त बुझाउनुपर्‍यो । एक अर्थमा यसपल्ट सुदूरपश्चिमलाई लिग चरणको अन्त्यतिर भाग्यले पनि साथ दियो भन्दा हुन्छ । काठमान्डु आफ्नो अन्तिम खेलमा पराजित नभएको भए, सुदूरपश्चिमलाई इलिमिनेटर खेल्नुपर्ने थियो । पहिलो सिजन काठमान्डुलाई भाग्यले साथ दिएको थिएन, त्यसैले आठ अंक बटुलेर पनि यो टिम लिग चरण काट्न सफल रहेन । दोस्रो सिजन भने यो टिम तेस्रो स्थानमा रहेर प्ले–अफ खेलेको थियो । तर इलिमिनेटरमा काठमान्डु लुम्बिनीसँग चार विकेटले पराजित रह्यो । पहिले ब्याटिङ गर्दै १ सय ११ रनमै समेटिएपछि हार निश्चितजस्तै रहेको थियो । त्यसको अर्थ के पनि हो भने काठमान्डुले प्ले–अफमा अहिलेसम्म जित निकाल्न असफल रहेको छ । यसपल्ट भने काठमान्डु आफ्नो अन्तिम खेल अगाडि नै प्ले–अफ चरण पुगिसकेको थियो । सुरुआती पाँच खेलमध्ये पहिलो प्रतिस्पर्धा गुमाएको काठमान्डु त्यसयता लगातार विजयी रह्यो र यो नै प्ले–अफ प्रवेशको आधार रह्यो । त्यसयताका दुई खेलमा भने पराजित रह्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएपछि काठमान्डुले क्वालिफायर–वानमा प्रवेश नपाएको हो । लिग चरणका बीचका चार खेलको जितले काठमान्डुको प्ले–अफ प्रवेश निश्चितजस्तै भइसकेको थियो, तर त्यही स्थितिबाट उसको प्रदर्शन लडखडायो । यस्तोमा उसले आठ अंकभन्दा बढी कमाउन सकेन । चितवन धेरै अर्थमा भाग्यमानी रह्यो किनभने सात अंकमै यो टिम यसपल्ट प्ले–अफ पुग्न सफल रह्यो । आफ्नो अन्तिम खेलमा कर्णालीको हातबाट चितवन पराजित रहेको हो । तर यो खेल अगाडि नै चितवनले प्ले–अफ खेल्ने निश्चित भइसकेको थियो, त्यसैले लिग चरणको आफ्नो अन्तिम खेलमा बेहोरेको हारले उसलाई धेरै ठूलो घाटा केही पनि गरेन । तर हारले उसको कम्तीमा तेस्रो स्थान हात पार्ने सम्भावना भने समाप्त पारेको थियो । यस्तोमा तीन जित र एक कुनै नतिजा निस्कन नसकेको खेलबाट सात अंक बटुलेको चितवनले अब इलिमिनेटर खेल्नेछ । चितवन प्रतियोगिताको छोटो इतिहासमा प्ले–अफ चरण पुगेको भने यो दोस्रो अवसर हो । पहिलो सिजन चितवन तेस्रो स्थानमा रहेर इलिमिनेटर नै पुगेको थियो । त्यति बेला उसले कमाएको अंक आठ थियो । त्यस प्ले–अफ खेलमा चितवन कर्णालीको हातबाट २१ रनले पराजित रह्यो । यस्तोमा प्ले–अफको एकै खेल खेलेको चितवन जितविहीन रहेको थियो । त्यस पहिलो इलिमिनेटरमा कर्णालीले पहिले ब्याटिङ गर्दै कर्णालीले ६ विकेटमा १ सय ७५ रन बनाएको थियो । जवाफमा चितवनले ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । ईकान्तिपुरबाट

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन ( फाेटाे फिचर )
Latest NewsJust now

जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन ( फाेटाे फिचर )

• काठमाडौंमा जलवायु न्याय, क्षतिपूर्ति र सार्वजनिक जलवायु वित्तको माग गर्दै प्रदर्शन गरिएको छ। • विकासशील देशहरूले जलवायु संकटमा असमानुपातिक क्षति भोगिरहेको भन्दै विकसित राष्ट्रहरूलाई जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ। • जलवायु परिवर्तनका कारण स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा गम्भीर असर परेको विषयमा ध्यानाकर्षण गरिएको छ। ...

नेपालबहस
नेतृत्वमा पुगेपछि गगन थापाका गल्ती
Latest NewsJust now

नेतृत्वमा पुगेपछि गगन थापाका गल्ती

नेपाली कांग्रेस लामो समयदेखि नेपालको राजनीति, लोकतन्त्रमा, देशलाई परिवर्तन गर्ने दिशामा क्रियाशील भएको पार्टी हो । यो पार्टी विश्वेश्वरप्रसाद कोइरालाद्वारा स्थापित र उहाँले नै प्रतिपादन गरेको विचारलाई बोकेर अगाडि बढिरहेको... ...

रातोपाटी
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो
Latest NewsJust now

शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो

• बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका समर्थकहरूको प्रदर्शनपछि हिंसा र अशान्ति बढेको छ, जसले सरकारलाई प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न बाध्य बनाएको छ। • प्रदर्शनकारीहरूले सरकारी संरचनामा तोडफोड गर्दै धारिला हतियार बोकेर सडकमा उत्रिएका छन्, र स्थिति नियन्त्रणमा लिन सरकारले सीमा सुरक्षा बलका ६ प्लाटुन परिचालन गरेको छ। • कानुनमन्त्रीले शेख हसिनाले कानुनी ...

नेपालबहस
जलवायु न्यायको आवाज
Latest NewsJust now

जलवायु न्यायको आवाज

आकाशीय पिण्डमा पृथ्वी मात्र प्राणीको साझा घर हो । यो अनुपम साझा घरले असुरक्षित भविष्यको चीत्कार गरिरहेको छ । धर्ती तातिरहेको छ । हिमाल पग्लिरहेका छन् । समुद्री सतह बढिरहेको छ । अति... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play