उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

सियोल । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ । नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन् । सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए । ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका साथ प्रहार गरेको उत्तर कोरियाको दाबी छ । प्रदर्शनीका क्रममा ६०० मिलिमिटरका रकेट तथा ड्रोनबाट दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम१ अब्राम्स ट्याङ्कका नमूना लक्ष्यमा आक्रमण गरिएको तस्बिर सार्वजनिक गरिएको छ । किमले आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा उत्तर कोरियाले परम्परागत हतियारको आधुनिकीकरणसँगै कृत्रिम बौद्धिकता र ड्रोन प्रविधिको विकासलाई तीव्रता दिनुपर्ने बताएका छन् । यसैबीच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ । ती क्षेप्यास्त्र करिब २५० किलोमिटर टाढासम्म पुगेका थिए । यस वर्ष उत्तर कोरियाले गरेको यो १७औँ क्षेप्यास्त्र परीक्षण हो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फुलकोर्ट बैठकमा न्यायाधीशले उठाए ४ विषय
प्रधानन्यायाधीश मनोजकुमार शर्माले बोलाएको बैठकमा सापकोटासँगको भेट, ह्वाट्सएप संवाद, संवैधानिक इजलास र आचारसंहिताबारे अनुसन्धान गर्नुपर्ने आवाज उठ्यो। ...

बागमतीमा मात्रै बैंकको ५२ खर्ब रूपैयाँ निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै
काठमाडाैँ । मुलुकका सातै प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जामा ठूलो असमानता देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशहरूको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असार मसान्तसम्म बागमती प्रदेशबाट मात्रै ५२ खर्ब ६७ अर्ब २३ करोड रूपैयाँ निक्षेप संकलन गरेका छन् । यो रकम अन्य सबै प्रदेशको तुलनामा निकै बढी ...

आठ हजार मिटरमाथिका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल
नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ। यस प्रस्तावलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ। विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को... ...

पाकिस्तानले गुमाएको सद्भावको अवसर
एनपीएल पाकिस्तानले गुमाएको सद्भावको अवसर पाकिस्तानी खेलाडीको सहभागितामा आएको अवरोधले क्रिकेटमार्फत नेपाल र पाकिस्तानका जनताबीच सद्भाव बढाउने महत्त्वपूर्ण अवसर गुमेको छ। हिरा विश्वकर्मा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पाकिस्तानी क्रिकेटरहरूको सहभागितालाई लिएर उत्पन्न विवादले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ- खेलकुदलाई दुई देशका जनताबीच सद्भाव बढाउने माध्यम बनाउन सकिन्छ कि सकिँदैन? नेपालमा पाकिस्तानी क्रिकेटरहरूलाई खेलिरहेको हेर्न नेपाली दर्शक उत्साहित थिए। फ्रेन्चाइज टोलीहरूले खेलाडी अनुबन्ध ...


