इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न क्षेत्रीय र युरोपेली देशको आग्रह, होर्मुज जलडमरूमध्य खुला गर्न आह्वान

काठमाडौं । क्षेत्रीय तथा युरोपका आठ देशले इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न आग्रह गर्दै होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन आह्वान गरेका छन् । शुक्रबार टर्कीको इस्तानबुलमा भएको आठ देशका विदेशमन्त्रीहरूको बैठकमा इरानमाथि सैन्य कारबाहीको विरोध गर्दै क्षेत्रीय द्वन्द्व थप फैलिन नदिन संवाद र कूटनीतिक पहलमा जोड दिइएको हो । बैठकमा क्षेत्रीय चार देश टर्की, इजिप्ट, पाकिस्तान र साउदी अरेबियाका साथै युरोपेली चार देश बेलायत, फ्रान्स, जर्मनी र इटालीका विदेशमन्त्री सहभागी थिए । बन्द कोठामा भएको छलफलपछि टर्कीका विदेशमन्त्री हाकान फिदानले क्षेत्रीय चार देशबीच पहिले छुट्टै बैठक भएको जानकारी दिए । उक्त बैठकमा इरानमाथि सम्भावित आक्रमणको खतरा तथा साउदी अरेबियामाथि हुथी विद्रोहीले गरेका पछिल्ला आक्रमणबारे छलफल भएको उनले बताए । त्यसपछि युरोपेली देशका प्रतिनिधि पनि सहभागी भएपछि जारी द्वन्द्वका व्यापक प्रभावबारे छलफल गरिएको फिदानको भनाइ थियो । फिदानका अनुसार क्षेत्रका दुई प्रमुख द्वन्द्व तथा होर्मुज जलडमरूमध्य, बाब अल–मन्देब जलडमरूमध्य र ब्ल्याक सीलगायतका सामुद्रिक मार्गमा उत्पन्न खतराले ऊर्जा आपूर्ति, खाद्य सुरक्षा र स्वतन्त्र व्यापार प्रणालीमा गम्भीर असर पारेको छ । यसले विश्वव्यापी रूपमा ठूलो दबाब सिर्जना गरिरहेको उनले बताए । बैठकमा सहभागी सबै देशले द्वन्द्व थप विस्तार हुन नदिन संवाद आवश्यक रहेकोमा साझा धारणा व्यक्त गरेको फिदानले जानकारी दिए । उनले सहभागी सबै देश इरानमाथि सैन्य कारबाही गर्ने पक्षमा नरहेको पनि बताए । यसैगरी, युक्रेन र रुसबीच युद्धविराम तथा व्यापक शान्ति सम्झौता सुनिश्चित गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ । ब्ल्याक सी हुँदै हुने सामुद्रिक आवागमनलाई सुरक्षित र निर्बाध बनाउनु आवश्यक रहेको फिदानले बताए । – न्युज एजेन्सी नेपाल (सिन्ह्वाको सहयोगमा)
Read Complete Original Article
Published originally on टक्सार
Related News

नेपालभर बुधबारदेखि वर्षा हुने, दुई सय मिलिमिटरसम्म पानी पर्न सक्ने
चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । ...

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै ...

तिर्पामा विद्यालयको लाइब्रेरी स्थापनाका लागि सांगीतिक कार्यक्रम
दसैंको अवसरमा जुटेको समुदायले पुस्तक, कम्प्युटर र सहयोग संकलन गर्दै विद्यालयमा लाइब्रेरी स्थापना अभियानलाई थप बल दिएको छ। ...
कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्याउन ३० जना मनोनीत गर्नुपर्ने
तीन पदाधिकारी र ६६ जना केन्द्रीय सदस्यमा निर्वाचित भए पनि आरक्षित सिटबाहेकका पदमा भने महिलाले जित्न सकेनन् । २ सय ३१ पदका लागि भएको निर्वाचनमा निर्वाचित महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत मात्रै छ । ...


