इरान समर्थित हुथीको आक्रमणमा २० यमनी सैनिकको मृत्यु

काठमाडौं- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् । यमनी सेनाका दुई अधिकारीका अनुसार इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार दक्षिणी प्रान्त शबवास्थित ‘अल–आलम’ सैन्य शिविरलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारका ती अधिकारीहरूले सञ्चारमाध्यमलाई जानकारी दिन आधिकारिक अनुमति नपाएकाले नाम गोप्य राख्ने सर्तमा घटनाबारे जानकारी दिएका हुन् । पछिल्ला दिनमा यमनमा बढ्दै गएको द्वन्द्वका घटनामध्ये यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो । इरान र अमेरिकाबीचको व्यापक द्वन्द्वका कारण क्षेत्रीय तनाव चुलिएसँगै केही महिनायता यमनमा पनि लडाइँ तीव्र बनेको छ । हुथी विद्रोही र साउदी अरब समर्थित सरकारी सेनाबीच बढ्दो तनावले सन् २०२२ मा भएको युद्धविरामलाई कमजोर बनाएको छ । उक्त युद्धविरामले यमनको गृहयुद्धमा जारी लडाइँलाई धेरै हदसम्म नियन्त्रणमा राख्न मद्दत गरेको थियो । यसैबीच हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, आइतबार साउदी नेतृत्वको गठबन्धनले गरेको भनिएको हवाई आक्रमणमा यमनको उत्तरी प्रान्त सादामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेका छन् । हुथी विद्रोहीका अनुसार सप्ताहान्तमा भएका यस्तै अन्य आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको वा उनीहरू घाइते भएका छन् । यी घटनाबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया
२०४० सालमै पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । स्रोत अभावले रोकिएको आयोजनामा असोज २५ गतेको बाढीले थप अन्योल सिर्जना गरेको छ । ...

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने
काठमाण्डु – विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले सोमबार आयोजना गरेको सरोकार भएका […] ...

दसैं बिदा नलिई सेवामा सक्रिय दमकल, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका कर्मचारी
दसैंमा सरकारी कार्यालय बन्द भए पनि आगलागी, दुर्घटना र बिरामीको उपचारजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालनमा छन् । परिवारसँग चाडपर्व मनाउने रहर थाती राखेर दमकल, एम्बुलेन्स, रक्तसञ्चार सेवा र अस्पतालका कर्मचारी सेवामा खटिएका छन् । ...

ओमानविरुद्ध नेपाल १० रनले विजयी
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओम... ...


