इनम सापकोटासँगको म्यासेज प्रकरणपछि तरंगित भएको सर्वोच्चमा आज फूलकोर्ट बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको म्यासेज अनि न्यायाधीश हरि फुयाल र इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि बिहीबार तरंगित भएको सर्वोच्च अदालतको ‘फूलकोर्ट बैठक’ आज बस्दैछ । प्रधानन्यायाधीश शर्माले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरेपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट(सबै न्यायाधीश सम्मिलित प्रशासनिक प्रकृतिको बैठक) बस्ने सूचना जारी भएको छ । त्यसको एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ भन्ने उल्लेख छ । शुक्रबार प्रधानन्यायाधीश डा. शर्मा सहित अरु न्यायाधीशहरूले बैठक गर्नेछन् । सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल वैदेशिक भ्रमणका क्रममा बिदामा छिन् । बरिष्ठतम न्यायाधीशको अनुपस्थितिमा फूल कोर्टको बैठक हुन लागेको हो । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले पनि बिहीबार विज्ञप्तिमार्फत नै घटनाको छानबिन हुनुपर्ने, न्यायिक नेतृत्व र अरु न्यायाधीशहरूको भूमिकाबारे अध्ययन गरी गल्ती भेटिए कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ । ‘यति संवेदनशील समाचार सार्वजनिक हुँदा समेत सर्वोच्च अदालतको संयन्त्र तुलनात्मक रुपमा मौन बस्यो । छलफलमा न्यायिक नेतृत्वको अग्रसरता देखिएन,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘शुक्रबारको बैठकमा यसबारे छलफल होला भन्ने अपेक्षा छ ।’
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

वृद्धाश्रममा आफन्तको प्रतीक्षा
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...


