इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

इजरायलमा यहुदी र अरब समुदायको सहभागितामा संयुक्त सरकार गठन गर्न माग गर्दै करिब ३०० जनाले प्रदर्शन गरेका छन् । जेरुसेलमको पेरिस स्क्वायर, तेल अभिभको मेसिला पार्क र हाइफाको युनेस्को स्क्वायरमा भेला भएका प्रदर्शनकारीले समावेशी सरकार गठनको माग गरेका हुन् । इजरायली दैनिक हारेत्जका अनुसार प्रदर्शनकारीले ‘सबैका लागि स्वतन्त्रता’ र ‘यहुदी–अरब संयुक्त सरकारको पक्षमा’ लेखिएका प्लेकार्ड बोकेका थिए । यसैबीच, इजरायलको संसदीय निर्वाचनको मतगणना जारी रहँदा सरकार गठनको समीकरण अनिश्चित देखिएको छ । द टाइम्स अफ इजरायलले केन्द्रीय निर्वाचन समितिको आंशिक नतिजालाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । स्थानीय समयअनुसार बुधबार राति ११ः३५ बजेसम्मको विवरणमा करिब ९७.५ प्रतिशत मतदान केन्द्रको ९० प्रतिशत मतगणना सम्पन्न भएको जनाइएको छ । विपक्षी खेमामा रहेका यहुदी नेतृत्वका दलले ४८ सिट प्राप्त गरेका छन् । अरब नेतृत्वका दलले भने १९ सिट प्राप्त गरेका छन् । इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । नेतान्याहुको पक्षमा रहेका दलको सिट संख्या बहुमतका लागि आवश्यक ६१ भन्दा कम छ । विपक्षी खेमाका दलसँग संयुक्त रूपमा ६७ सिट भए पनि यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग मिलेर सरकार बनाउन इच्छुक देखिएका छैनन् । यसले विपक्षी पक्षलाई बहुमत जुटाउन कठिन बनाएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा प्रारम्भिक भएकाले अन्तिम मतपरिणामसँगै सिट संख्या परिवर्तन हुन सक्ने जनाएको छ । विशेषगरी दोहोरो खाममा राखिएका मतपत्रको गणना बाँकी रहेकाले अन्तिम परिणाममा फेरबदल हुन सक्ने द टाइम्स अफ इजरायल ले उल्लेख गरेको छ । यस्तो मतपत्रमा सक्रिय सैनिकले खसालेका मतसमेत समावेश हुन्छन् । विपक्षी नेता तथा याशार पार्टीका अध्यक्ष गादी आइजेनकोटले निर्वाचन परिणामलाई नेतान्याहु नेतृत्वको सरकारप्रतिको अविश्वासका रूपमा व्याख्या गरेका छन् । उनले सरकार परिवर्तनका लागि आफ्नो प्रयास जारी रहने बताएका छन् । ‘अक्टोबर ७ को सरकार र सैनिक सेवाबाट बच्ने प्रवृत्तिप्रति जनताले अविश्वास व्यक्त गरेका छन्,’ आइजेनकोटले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । उनले अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध जियोनिस्ट सरकार गठन गर्ने आफ्नो लक्ष्यसमेत दोहो¥याएका छन् । यता, वामपन्थी दल द डेमोक्रेट्सका अध्यक्ष याइर गोलानले सरकार गठनका विषयमा विपक्षी दलका नेताहरूसँग छलफल गर्ने बताएका छन् । उनले बिहीबारदेखि विभिन्न दलका नेतासँग भेटवार्ता गर्ने तयारी गरेको जनाए पनि भेट्ने सबै नेताको नाम सार्वजनिक गरेका छैनन् । गोलानले याशार पार्टीका अध्यक्ष आइजेनकोट र बियाखादका उपनेता याइर लापिडसहित विपक्षी नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् । जियोनिस्ट विपक्षी दलहरूको चारदलीय समूहमा रहेका नेतामध्ये अरब नेतृत्वका दललाई सरकारमा सहभागी गराउने पक्षमा खुला समर्थन जनाउने उनी एक्ला नेता हुन् । च्यानल १२ सँगको अन्तर्वार्तामा गोलानले आइतबारसम्म सबै सम्बन्धित नेतासँग भेट्ने आशा व्यक्त गरेका छन् । विपक्षी दलहरूबीच साझा उद्देश्य रहेको उल्लेख गर्दै उनले इजरायलका नागरिकमा आशा जगाउनु आफ्नो मुख्य लक्ष्य भएको बताएका छन् । गोलानका अनुसार नयाँ सरकार गठन सुरक्षा चुनौतीको सामना गर्न, वर्तमान सरकारले अघि बढाएको विवादास्पद न्यायिक पुनर्संरचना रोक्न र युवा पुस्तामा देशप्रतिको विश्वास पुनःस्थापित गर्न आवश्यक छ । उनका अनुसार देशको भविष्यप्रति युवामा निराशा बढ्दै गएको छ । निर्वाचनको प्रारम्भिक नतिजाले नेतान्याहुको पक्षमा बहुमत नदेखाए पनि विपक्षी दलबीचको मतभेदले नयाँ सरकार गठनको बाटो सहज बनाएको छैन । अन्तिम मतगणना र दलहरूबीचको सम्भावित गठबन्धन वार्ताले इजरायलको आगामी सत्ता समीकरण निर्धारण गर्ने देखिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
१२ कात्तिक, काठमाडौं । लक्ष्मी सनराइज बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत सेयर बोनस घोषणा गरेको हो । आफूसँग कायम रहेको सेयर संख्याको ५ प्रतिशत थप सेयर लगानीकर्ताले पाउने छन् । साथै सो बोनस सेयरको कर प्रयोजनका लागि आवशयक ०.२६ प्रतिशत नगद… ...

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय परराष्ट्रको रायमा निर्भर
यदि सुनुवाइ समितिले ४५ दिनभित्र निर्णय दिन सकेन भने प्रस्तावित व्यक्तिको नाम स्वत: अनुमोदन भएको मानिन्छ । त्यसपछि नियुक्तिको बाटो खुल्छ । ...

भारतदेखि चीनसम्म जोडिँदै कर्णाली, व्यापारदेखि पर्यटनसम्मका नयाँ सम्भावना
भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका दुर्गम हिमाली बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै भारत र चीनबीचको व्यापार, पर्यटन, जलविद्युत् र स्थानीय उत्पादनको बजार विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । कर्णाली करिडोरको दक्षिणी खण्ड नेपालगञ्ज, कोहलपुर र सुर्खेत हुँदै अघि बढ्छ ...

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, शेयरधनीले ५ प्रतिशत बोनस पाउने
काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । प्रस्तावित लाभांशअनुसार शेयरधनीले ५ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् भने बोनस शेयरमा लाग्ने कर […] ...


