आमा बन्दै गायिका प्रविशा, इटालीमा ‘बेबीमुन’

काठमाडौं । नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका प्रविशा अधिकारी पहिलो सन्तानलाई जन्म दिने तयारीमा छिन्। आमा बन्ने तयारीमा रहेकी प्रविशा यतिबेला श्रीमान् निर्माण सिटौलासँग इटाली भ्रमणमा रमाइरहेकी छन्। गायिका अधिकारीले केही समयअघि सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी थिइन्। श्रीमान् निर्माणसँगका केही सुन्दर तस्बिर सार्वजनिक गर्दै उनले सन् २०२७ मा आफूहरूको परिवार तीन सदस्यीय बन्न लागेको जानकारी दिएकी थिइन्। गर्भावस्थामै श्रीमान्सँग इटाली पुगेकी प्रविशा त्यहाँका विभिन्न स्थानमा घुमघाम गर्दै रमाइलो समय बिताइरहेकी छन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरलाई प्रशंसकहरूले रुचाएका छन्। गर्भवती भएको खबर सार्वजनिक गरेपछि उनलाई शुभचिन्तक तथा प्रशंसकहरूले बधाई र शुभकामना दिइरहेका छन्। ‘द भ्वाइस किड्स’की कोचसमेत रहेकी प्रविशा र निर्माणले २०७८ साल मंसिरमा विवाह गरेका थिए। सुमधुर स्वरका कारण नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल प्रविशा पछिल्लो समयकी व्यस्त तथा लोकप्रिय गायिकामध्ये एक हुन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सोलुखुम्बुको डिङबोचेस्थित ‘गुड लक होटल’ मा आगलागी
काठमाडौं । सोलुखुम्बुको डिङबोचेमा रहेको एक होटलमा आगलागी भएको छ । आज बिहान डिङबोचेस्थित गुड लक होटलमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएपछि स्थानीय बासिन्दा र प्रहरी घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि स्थानीय र प्रहरी सक्रिय रूपमा जुटिरहेका […] ...

भोटेकोशी बाढी : सुरुङभित्र ३७ वटा शव फेला
काठमाडौँ । भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको... ...

देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ
• नियमित गस्तीमा रहेको प्रहरीले विभिन्न स्थानबाट ३१ जनालाई औषधि, लागुऔषध र हतियारसहित पक्राउ गरेको छ। • पक्राउ पर्नेमा खैरो हेरोइन, पेस्तोल र अन्य लागुऔषधका सामग्रीहरू समावेश छन्। • पक्राउ गरिएका व्यक्तिहरूको उपचार र अनुसन्धान जारी रहेको छ। ...

म्यान अफ द म्याचको पुरस्कार सडकका जनावरको संरक्षणमा खर्च गर्ने सोमपालको घोषणा
बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कार रकम सृजना ठकुरीलाई सहयोगस्वरूप दिने बताएका हुन् । ...


