Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

आफ्नै गाउँका भाइभतिजालाई फुटबल सिकाउँदै अनन्त तामाङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफ्नै गाउँका भाइभतिजालाई फुटबल सिकाउँदै अनन्त तामाङ
Photo / Coverage: नेपालन्युज

झापा। करिब १५ वर्षअघि यही मैदानमा फुटबल खेलेर आफ्नो गाँउ र देशको नाम राख्ने सपना देखेका नेपाली राष्ट्रिय फुटबल टोलीका अन्तर्राष्ट्रिय खेलाडी अनन्त तामाङ अहिले आफ्नै गाउँका किशोरलाई फुटबल सिकाउन व्यस्त छन्। तिहार मनाउन घर आएका तामाङले आफ्नो व्यस्त समयबाट केही समय छुट्याएर झापाको शिवसताक्षी नगरपालिका–११ झिलझिलेस्थित गणेशमान शिह अध्ययन प्रतिष्ठानको खेल मैदानमा ७ दिने ग्रासरुट फुटबल प्रतिभा विकास प्रशिक्षण शिविर सुरु गरेका हुन्। स्थानीय सतासीधामधाम स्पोर्टिङ क्लबको आयोजनामा सोमबार देखी सञ्चालन भएको शिविरमा शिवसताक्षी नगरपालिका–८ र ११ का १८ वर्षमुनिका २५ जना किशोर सहभागी छन्। उनीहरूलाई फुटबलका आधारभूत सीप, खेल अनुशासन, रणनीति र शारीरिक तन्दुरुस्तीसम्बन्धी प्रशिक्षण दिइने तामाङले बताए। फुटबलको प्रारम्भिक अभ्यास गरेको मैदानमै नयाँ पुस्तालाई प्रशिक्षण दिन पाउँदा खुसी लागेको तामाङले बताए। आफूले सिकेको ज्ञान र अनुभव गाउँका भाइभतिजालाई बाँड्ने उद्देश्यले शिविर सञ्चालन गरेको उनको भनाइ छ। ‘मोजा अर्थात पुराना लत्ता कपडालाई मोरेर गोल जस्तो बनाइन्थ्यो। मैले यही मैदानमा फुटवलको करियर बनाउन सुरु गरेको थिए। अहिले मेरो नाम देश भित्र र बाहिर अनन्त छ,’ उनले भने। स्थानीय मैदानबाट सुरु भएको फुटबल यात्राले राष्ट्रिय टोलीसम्म पु¥याएका तामाङको प्रशिक्षणले किशोरहरूको खेल जीवनमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। उनको अनुभव र मार्गदर्शनले किशोरहरूलाई फुटबलप्रति आकर्षित गर्नुका साथै अनुशासित खेलाडी बन्न प्रेरित गर्ने विश्वास गरिएको छ। उनले भनेका छन्, ‘ खेलको अभ्यास गर्ने किशोर किशोरीले झिलझिले उत्तरको मैदानमा अपरान्ह ४ बजे आउनुहोला। आयोजक क्लवले स्थानीय सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई पनि सहभागी हुन सक्ने व्यवस्था मिलाएको छ। गाउँमै अन्तर्राष्ट्रिय खेलाडीबाट प्रशिक्षण पाउने अवसरले किशोरहरूमा फुटबलप्रतिको उत्साह बढाएको सहभागीले बताए। सातदिने शिविरले उनीहरूको खेल कौशल निखार्न र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिभा विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
Latest NewsJust now

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मुस्ताङ, कात्तिक १७ गते । सन् २०२६ को दस महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार... ...

गोरखापत्र
जेलब्रेक घटना : कर्णालीका डीआईजी सापकोटा पनि गए डोल्पातर्फ
Latest NewsJust now

जेलब्रेक घटना : कर्णालीका डीआईजी सापकोटा पनि गए डोल्पातर्फ

सुर्खेत । शुक्रबार राति डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी भागेको घटनाको अवस्था बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटा पनि डोल्पातर्फ लागेका छन् । उनी मंगलबार बिहानै... ...

रातोपाटी
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
Latest NewsJust now

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दुई सातापछि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो । करिब दुई सातादेखि मन्त्रिपरिषद् बैठक नबसेको अवस्थामा प्रधानमन्त्री बालेनले आजका लागि बैठक आह्वान गरेका हुन् । ...

केन्द्रबिन्दु
हत्या आरोपमा  चार जना पक्राउ
Latest NewsJust now

हत्या आरोपमा  चार जना पक्राउ

बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत कात्तिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play