Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौँ मतपत्र अलग राख्न बाध्य पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रयासलाई सोमबार अस्वीकार गरेको छ । सङ्घीय सरकारले गैरनागरिक भएको दाबी गरेका मतदातासँग सम्बन्धित मुद्दामा अदालतले हस्तक्षेप गर्न अस्वीकार गरेको हो । मध्यावधि निर्वाचनको मतदानको अन्तिम दिनअघि आएको यो निर्णय प्रशासनका लागि अर्को कानूनी धक्का बनेको छ । रिपब्लिकन प्रशासनले क्यालिफोर्नियाको मतदाता सूचीमा सम्भावित गैरनागरिकका रूपमा २० हजार मानिसलाई पहिचान गरेको थियो । तर, राज्यका अधिकारीहरूले उक्त सूचीमा त्रुटि रहेको र मतपत्र अलग राख्दा कानूनी मतदातासमेत मताधिकारबाट वञ्चित हुन सक्ने बताएका छन् । सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले निर्णयप्रति सार्वजनिक रूपमा असहमति जनाएनन् । यसअघि तल्लो अदालतहरूले पनि प्रशासनको माग अस्वीकार गरेका थिए । क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाका अनुसार जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म प्रशासनको प्रयास चार पटक असफल भएको छ । अमेरिकामा गैरनागरिकले मतदान गर्ने घटना दुर्लभ भए पनि ट्रम्प प्रशासनले यस वर्ष त्यस्ता मतदाताको पहिचानलाई प्राथमिकता दिएको छ । न्याय मन्त्रालयको तथ्याङ्कमा व्यापक त्रुटि रहेको विषयमा पनि प्रश्न उठेको छ । सङ्घीय अभियोजक बिल एसेलीले सूचीमा रहेका व्यक्ति मतदानका लागि अयोग्य रहेको दाबी गरेपनि त्यसमा त्रुटि हुन सक्ने सम्भावना स्वीकार गरिएको थियो । यसैबीच, सङ्घीय जिल्ला अदालतकी न्यायाधीश ट्रिना थम्पसनले न्याय मन्त्रालयलाई गैरनागरिक सूचीसँग सम्बन्धित आपराधिक अनुसन्धान वा अभियोजन अघि बढाउनुअघि सम्बन्धित पक्षलाई जानकारी दिनुपर्ने आदेश विस्तार गरेको छ । मुख्य न्यायाधीश जेम्स बोसबर्गले पनि प्रशासनको निर्वाचनसम्बन्धी कदमले अमेरिकी संविधान उल्लङ्घन गरेको हुन सक्ने बताएको थियो । क्यालिफोर्नियामा अक्टोबरको सुरुदेखि मतदान भइरहेको छ । एसोसिएटेड प्रेसका अनुसार राज्यका करिब दुई करोड ३० लाख दर्ता भएका मतदातालाई मतपत्र पठाइएकामा ६० लाखभन्दा बढी फिर्ता भइसकेका छन् । निर्वाचन अधिकारीहरूले अब विवादित मतपत्र पहिचान गरी अलग राख्न व्यावहारिक रूपमा असम्भव हुने बताएका छन् । जिल्ला अदालतले मतपत्र अलग राख्दा निर्वाचन प्रक्रियामा गम्भीर अव्यवस्था उत्पन्न हुने चेतावनी दिएको थियो । दुई–एक मतले पुनरावेदन अदालतले पनि राज्यको पक्षमा निर्णयलाई समर्थन गरेको थियो । यसअघि सर्वोच्च अदालतले सेप्टेम्बरमा हुलाकमार्फत मतदान गर्ने व्यवस्थामा प्रतिबन्ध लगाउने ट्रम्पको प्रयाससमेत अस्वीकार गरेको थियो । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपक्षी दलको मागबारे जानकारी गराउन सभामुख भेट्दै आङदेम्बे
Latest NewsJust now

विपक्षी दलको मागबारे जानकारी गराउन सभामुख भेट्दै आङदेम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेट्ने भएका छन् । आज दिउँसो सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेट्ने कार्यक्रम तय भएको आङदेम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिए । सोमबार बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको थियो । बैठकमा नेपाली कांग्रेस, […] ...

लोकपथ
बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु
Latest NewsJust now

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी, कात्तिक १७ गते । गत असोजमा आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकलाई दुईतर्फी... ...

गोरखापत्र
सुपरमार्केटको फ्रिज नै ह्याक हुन सक्छ भने अन्य प्रविधि कति सुरक्षित ?
Latest NewsJust now

सुपरमार्केटको फ्रिज नै ह्याक हुन सक्छ भने अन्य प्रविधि कति सुरक्षित ?

युरोपका विभिन्न सुपरमार्केटमा इन्टरनेटसँग जोडिएका फ्रिज तथा फ्रिजरलाई लक्षित गरी भएको शङ्कास्पद साइबर आक्रमणले दैनिक जीवनमा प्रयोग भइरहेका स्मार्ट उपकरणहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । सामान्य घरेलु उपकरणदेखि औद्योगिक मेसिन,... ...

रातोपाटी
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध अर्को मुद्दा लिएर अदालत गयो अख्तियार
Latest NewsJust now

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध अर्को मुद्दा लिएर अदालत गयो अख्तियार

• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालविरूद्ध नयाँ भ्रष्टाचार मुद्दा अदालतमा दायर गरेको छ। • रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टामा बिक्री गरिएको आरोपमा मुद्दा दायर गरिएको हो। • मुद्दाको दर्ताको प्रक्रिया अहिले भइरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play