Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आफैँलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : शशांक कोइराला

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफैँलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : शशांक कोइराला
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको स्पष्ट पारेका छन् । आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा.कोइरालाले आधिकारिकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टीप्पणी गर्न जरुरी नरहेको बताएका डा.कोइरालाले मूलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको प्रष्ट पारे । कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका उनले भने,‘शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो । यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस् । मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको छ ।’ कांग्रेसमा जबरजस्त आफैलाई सभापति घोषणा गर्नु संयोग मात्रै नभएको जिकिर गर्दै डा.कोइरालाले यी घटनामा अनेकन प्रपञ्च थिए भन्ने पनि प्रष्ट रहेको बताए । ‘यो संयोग मात्र थिएन यसमा अनेकन प्रपञ्चहरु थिए भन्ने प्रष्ट छ । विधि, विधान, पद्धति र स्थापित मूल्यमान्यता विपरित गरिएका षड्यन्त्रहरु देशका लागि र पार्टीका लागि घातक हुन् । अहिलेलाई म यति मात्र भन्न चाहन्छु,’ सम्बोधनका क्रममा डा.कोइरालाले भने । यही मंसीर २१ गतेदेखि हुन लागेको १५ औं महाधिवेशनलाई नेपाली कांग्रेसको इतिहासको नयाँ आयामको रुपमा लिएको जनाउँदै उनले कर्णाली सहितका हरेका प्रदेशका नागरिकका समस्यालाई राष्ट्रिय एजेण्डाका रुपमा स्थापित गर्ने पार्टीको भावि कार्ययोजना र नीति रहेको बताए । ‘देशलाई राजनीति निकास दिने सिद्धान्त र आर्दश हामीसँग छ । देशलाई समृद्धि बनाउन योजना र दृष्टिकोण पनि हामीसँग छ । कर्णालीलाई प्रकृतिले दिएको अथाह संभावनालाई सदुपयोग गर्ने क्षमता पनि कांग्रेससंगै छ,’ कोइरालाको भनाई छ । कर्णाली प्रदेशमा जारी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको शुभकामना दिएका डा.कोइरालाले यो प्रतियोगिताले पनि कर्णालीलाई खेलका माध्यमबाट थप धेरै संभावनाको ढोका खोलेको बताए । कर्णालीको संघर्ष र सम्भावनालाई नेपाली कांग्रेसले राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ भन्दै कोईरालाले त्यहाँका नागरिकको आवाजलाई राष्ट्रिय राजनीतिमा बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
OthersJust now

छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत

छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कवि द्वय निर्मोही व्यास (जीवनसङ्गिनी वीणा पोखरेलसहित) र सिर्जना अर्याललाई प्रदान गरेको छ । वरिष्ठ कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ सालबाट सञ्चालन हुँदै आएको छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा ...

पर्दाफास
राजतन्त्रकालदेखि नै अदालतमाथि विश्वास छ, कांग्रेस सभापति मै हुँ : देउवा
OthersJust now

राजतन्त्रकालदेखि नै अदालतमाथि विश्वास छ, कांग्रेस सभापति मै हुँ : देउवा

१३ मंसिर, सुर्खेत । नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी आधिकारिकता विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। उनले आफू अझै पनि पार्टीको वैधानिक सभापति रहेको दाबी गर्दै अदालतबाट आफ्नो पक्षमा फैसला आउने बताए। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा देउवा पक्षले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार… ...

अनलाइन खबर
अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो
OthersJust now

अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो

विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ । जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज) विधिपूर्वक तिलकोत्सव विधि सम्पन्न गरेको छ । जनकपुरधाम उपमहागरपालिकाका मेयर मनोज कुमार साहले माता सीताको अभिभावक सरह भगवान रामको अभिभावकका रुपमा रहेका अयोध्याका मेयर घ्रीसपाठ तीवारीलाई आमन्त्रण पत्र दिएका छन् । उनले धार्मिक विधि सम्पन्न गर्दै जन्ती बनेर विवहापञ्चमी महोत्सवमा ...

पर्दाफास
मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ
OthersJust now

मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ

व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement