Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो
Photo / Coverage: पर्दाफास

विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ । जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज) विधिपूर्वक तिलकोत्सव विधि सम्पन्न गरेको छ । जनकपुरधाम उपमहागरपालिकाका मेयर मनोज कुमार साहले माता सीताको अभिभावक सरह भगवान रामको अभिभावकका रुपमा रहेका अयोध्याका मेयर घ्रीसपाठ तीवारीलाई आमन्त्रण पत्र दिएका छन् । उनले धार्मिक विधि सम्पन्न गर्दै जन्ती बनेर विवहापञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएका छन् । तिलकोत्सव समारोहमा मिथिलाको परम्परा अनुसार जनकपुरधामका महिला टोलीले पारम्परीक गीत प्रस्तुत गरेका थिए । समारोहमा भगवान राम र माता सीताको स्वरुप तयार गरी पूजा गरिएको थियो । सोअवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले अयोध्या जनकपुरधाम रेल सुरु भएकोले यस वर्ष विगतका वर्षहरु भन्दा बढि श्रद्धालु महोत्सव हेर्न जनकपुरधाम आउने विश्वास व्यक्त गरे । त्यस्तै अयोध्याका मेयर तिवारीले दुबै देशबीचको सम्बन्ध पौराणिक र अटुट भएको उल्लेख गरे । यही मंसिर २८ गत्ते हुने विवाहपञ्चमी महोत्सवका लागि धुमधामका साथ जनकपुरधाममा तयारी भइरहेको छ । प्रत्येक वर्ष अयोध्याबाट जन्ती बोलाउनका निम्ति अयोध्यामा तिलकोत्सव कार्यक्र गरिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
OthersJust now

छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत

छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कवि द्वय निर्मोही व्यास (जीवनसङ्गिनी वीणा पोखरेलसहित) र सिर्जना अर्याललाई प्रदान गरेको छ । वरिष्ठ कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ सालबाट सञ्चालन हुँदै आएको छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा ...

पर्दाफास
आफैँलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : शशांक कोइराला
OthersJust now

आफैँलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : शशांक कोइराला

नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको स्पष्ट पारेका छन् । आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा.कोइरालाले आधिकारिकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टीप्पणी गर्न जरुरी नरहेको बताएका डा.कोइरालाले मूलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले ...

पर्दाफास
राजतन्त्रकालदेखि नै अदालतमाथि विश्वास छ, कांग्रेस सभापति मै हुँ : देउवा
OthersJust now

राजतन्त्रकालदेखि नै अदालतमाथि विश्वास छ, कांग्रेस सभापति मै हुँ : देउवा

१३ मंसिर, सुर्खेत । नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी आधिकारिकता विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। उनले आफू अझै पनि पार्टीको वैधानिक सभापति रहेको दाबी गर्दै अदालतबाट आफ्नो पक्षमा फैसला आउने बताए। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा देउवा पक्षले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार… ...

अनलाइन खबर
मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ
OthersJust now

मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ

व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement