Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आधुनिक मिलको विस्तारसँगै लोप हुँदै जाँतो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आधुनिक मिलको विस्तारसँगै लोप हुँदै जाँतो
Photo / Coverage: नेपालन्युज

पाँचथर। आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुदायले माग घट्न थालेपछि यो पेसा छोड्न थालेका हुन् । हिलिहाङ गाउँपालिका-१ र २ मा बसोबास गर्ने जोगी समुदायका युवाले जाँतो बनाउने गर्दथे । जोगी समुदायसँग सीप सिकेर यहाँका तामाङ र दलित समुदायका मानिसले पनि जाँतो बनाउने गरेकामा पछिल्लो समय अधिकांशले पेसा छाड्दै गएका स्थानीय बताउँछन् । जाँतोको माग कम हुनु, रोजगारीका अन्य क्षेत्रमा युवा लाग्नु तथा काम कठिन भएकाले पेसा संकटमा जाने अवस्थामा पुगेको दोरुम्बाका खड्गप्रसाद जोगीले बताए। जोगीले २१ वर्षको उमेरदेखि जाँतो बनाउने पेसा अङ्गाल्नुभएको थियो । उनले जाँतो बनाउन सुरु गर्दा एकजोर मूल्य रु ४० पर्ने जनाए। तत्कालीन समयमा गाउँघरमा खाद्यान्नको अभाव हुँदा पाँच पाथी धान, मकै, कोदोमा पनि एकजोर जाँतो साटेको खड्गप्रसादले सम्झिए । ‘त्यो समयमा जाँतोको माग बढी भए पनि मूल्य कम पथ्र्यो । खानु पर्‍यो, छोराछोरी पाल्नु पथ्र्यो । चामल किन्न नपाइने अवस्था थियो,’ उनले भने, ‘अहिले एकजोर जाँतोको मूल्य तीन हजारसम्म पुगेको छ । तर, पेसा अङ्गाल्ने युवा छैनन् ।’ हाल छिटफुट रूपमा निर्माण हुने जाँतो प्रतिजोर दुई हजार ५०० देखि रु तीन हजारसम्ममा बिक्री हुने गरेको उनले खड्गप्रसादले बताए। उनले ६१ वर्ष पुगेसँगै तागतले नभ्याएपछि पेसा छोडेको बताए। ‘मैले काम छाडेको तीन वर्ष भयो । ढुङ्गा उचाल्नु पर्‍यो, कुट्नु पर्‍यो, झम्पल, हम्मर र छिनो चलाउनु पर्‍यो,’ उनले भने,’एकजोर जाँतो बनाउन दुईदेखि तीन दिन लाग्छ । युवा पुस्ताले मात्रै यो काम गर्न सक्छन् ।’ आफूले करिब ४० वर्ष जाँतो बनाउने पेसा अङ्गालेको जनाउँदै खड्गप्रसादले यहाँ निर्माण गरिएका जाँतो नेपालमा काठमाडौँसम्म र पूर्वी भारतका विभिन्न राज्यसम्म पुगेको स्मरण गरे। उनका अनुसार हिलिहाङ-२ मा रहेको बिजुलीभञ्ज्याङ सामुदायिक वनमा पाइने दर्शन र खरी ढुङ्गाबाट जाँतो बनाउने गरिन्छ । दारिम्बाबाट ढुङ्गा पाइने स्थान पुग्न करिब एक घण्टा पैदल यात्रा गर्नुपर्छ । काम कठिन भएकाले पेसा नै संकटमा परेको खड्गप्रसादको भनाइ छ । ‘मैले छरछिमेकी र छोरानाति पुस्तालाई सीप सिकाएर काम छोडेको हुँ । भीरपहराबाट ढुङ्गा निकाल्नुपर्छ । काम दिने ढुङ्गा निस्कन्छ कि निस्कँदैन भन्ने टुङ्गो पनि हुँदैन’, उनले भने,’बनाइसक्न लागेको जाँतो फुटेर जाँदा पूरै मेहनत खेर जाने अवस्था पनि आउँछ ।’ यहाँ विगतमा पाँच घर जोगी, एक घर दलित र दुई घर तामाङ समुदायले जाँतो बनाउने गरेका खड्गप्रसादले जानकारी दिए । उनका अनुसार नयाँपुस्ताका युवा गाडी चलाउने, फेरि लगाउने, व्यापारव्यवसाय गर्नेतर्फ आकर्षित छन् । कतिपय वैदेशिक रोजगारीमा पनि गएका छन् । ‘अबका पुस्ताले यो काम गर्दैनन् होला’, उनले भने। यातायातको सुविधा हुनुपूर्वमा यहाँ बनाइएको जाँतो ढाकर, डोको, बोरामा बोकेर पनि लैजाने गरिन्थ्यो । दारिम्बाकै नेत्रप्रसाद जोगीले ११ वर्षको उमेरमा जाँतो बनाउने सीप सिक्नुभएको थियो । तर उहाँले पनि यो पेसा छोडेको चार वर्ष भइसकेको जनाए । ‘धेरै टाढाबाट ढुङ्गा ल्याउनुपर्छ । धेरै दुस्ख गरेर जाँतो बनाउछौँ । उपभोक्ताले कति महङ्गो भयो भन्नुहुन्छ,’ नेत्रप्रसादले भने, ‘उपभोक्ताले हाम्रो दुस्ख देख्नुभएको छैन । मैले ढुङ्गा बोक्न प्रयोग हुने डोको सल्लाको ठुटोमा झुण्ड्याएर पेसा छोडेको हुँ ।’ जाँतो बनाउने ढुङ्गा पाउन कठिन हुने, गाउँगाउँमा कुटानी पिसानी मिल पुगेपछि जाँतोको माग कम हुन थालेपछि पुस्तौँदेखि गर्दै आएको पेसामा छाड्नुपरेको नेत्रप्रसादको भनाइ छ । ‘कतिपय ठाउँबाट अलिअलि माग आउँछ । तर अब जाँतो निर्माण गर्न सकिने अवस्था छैन’, उनले भने। नेत्रप्रसादका अनुसार १९३२ सालदेखि यहाँका जोगी समुदायले जाँतो बनाउने काम गरेको इतिहास भेटिएको छ । तत्कालीन समयमा यो पेसा क्रमशस् पुस्तान्तरण हुँदै आएको थियो । ‘काका र दाइसँग काम गर्दागर्दै मैले २०५१ सालदेखि जाँतो बनाउन थालेँ । मैले सुरुआत गर्दा ७० मा एकजोर जाँतो बिक्री हुन्थ्यो’, नेत्रप्रसादले भने, ‘पछि क्रमशस् मूल्य पनि बढ्दै गयो । तर जाँतो बनाएर केही प्रगति गर्न सकिएन । भात खाने मेलो मात्रै थियो ।’ खड्गप्रसाद, नेत्रप्रसादलगायत छिमेकीसँग काम गर्दागर्दै दोरुम्बाका मनकुमार नेपालीले पनि जाँतो बनाउन सिके । उनले जाँतो बनाउन थालेको २३ वर्ष भएको बताए। अहिले यहाँ जाँतो बनाउने मनकुमार मात्रै छन्। ‘छिमेकीसँग काम गर्दागर्दै यो पेसा जानेको हुँ । तर अहिले काम गर्ने एक्लै भएँ । सबै साथीभाइले छोड्दै गए’, उनले भने, ‘मैले पनि छोडौँ त भनेको । नगर्दा पनि मन मान्दैन ।’ मनकुमारको भनाइमा अहिले जाँतोको माग थोरै मात्रै हुन्छ । बजारी क्षेत्रबाट पनि सानो आकारको जाँतोको माग हुन्छ । तर, यसको निर्माण धेरै कठिन हुन्छ भने मूल्य कम पर्दछ । बढी सङ्ख्यामा माग भएमा पेसा छोडेकाहरूले पनि निरन्तरता दिने सम्भावना हुन्छ । ‘धेरै माग आउँदा साथीभाइले पनि काम गर्न सक्छन् । किनकि २० जोरभन्दा बढीको माग आयो भने राम्रै आम्दानी हुन्छ । धेरै जना भएर गर्छौं’, नेपालीले भने, ‘तर, अब नयाँ पुस्तालाई काम गरौँ न भन्दा मान्दैनन् । काम गर्ने मान्छे नभएपछि यो पेसा लोप भएर जाने अवस्था छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारको चहलपहल बढ्यो, व्यापारी उत्साहित
Latest NewsJust now

तिहारको चहलपहल बढ्यो, व्यापारी उत्साहित

सन्तोष सुवेदीधनकुटा, कात्तिक १९ गते । नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएसँगै धनकुटका बजार तथा पसलमा चहलपहल बढेको छ । गाउँघरबाट तिहारमा चहिने आवश्यक सामाग्री किनमेल गर्न बजार... ...

गोरखापत्र
सामुदायिक विद्यालयमा दुई लाख विद्यार्थीको फर्जी विवरण, छानबिन गर्न ५ सदस्यीय समिति गठन
Latest NewsJust now

सामुदायिक विद्यालयमा दुई लाख विद्यार्थीको फर्जी विवरण, छानबिन गर्न ५ सदस्यीय समिति गठन

सामुदायिक विद्यालयका करिब दुई लाख विद्यार्थीको फर्जी तथा दोहोरो विवरण तयार पारेर राज्यकोषबाट आर्थिक अपचलन भएको आशंकामा सरकारले छानबिन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले यस्तो अनियमितता पत्ता लगाउन पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको जानकारी दिएका छन् । मन्त्री पोखरेलका अनुसार सामुदायिक विद्यालयमा दिवा खाजा, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, पोसाक तथा प्रतिविद्यार्थी लागत अनुदानका नाममा ...

फरकधार
राप्रपाको सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन हुने
Latest NewsJust now

राप्रपाको सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन हुने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले स्वीकृत सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने... ...

रातोपाटी
देश जोगाउने र पार्टी जोगाउनेहरूबीच फरक हुन्छ : प्रधानमन्त्री शाह
Latest NewsJust now

देश जोगाउने र पार्टी जोगाउनेहरूबीच फरक हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशको हित र पार्टीको स्वार्थका लागि काम गर्नेहरूबीच फरक रहेको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेता र कार्यकर्ताको भूमिकालाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन् । उनले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो !’ उनले देश जोगाउने ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play