आजपनि बडादसैँको महाअष्टमी

काठमाडौं । यस वर्ष बडादसैँको महाअष्टमी तिथि दुई दिन परेकाले आइतबार र सोमबार अष्टमीको पूजा तथा व्रत गरिँदैछ । आइतबार, कात्तिक १ गते महाअष्टमी व्रत मनाइएको छ भने आज सोमबार, कात्तिक २ गते अष्टमी पूजा तथा व्रतलाई निरन्तरता दिइँदैछ । तिथिको घटबढ र पञ्चाङ्ग गणनाका कारण यस वर्ष अष्टमी दुई दिन परेको हो । सोहीअनुसार स्थानीय परम्परा र पञ्चाङ्गअनुसार भक्तजनले दुर्गा भवानीको पूजा आराधना गरिरहेका छन् । महाअष्टमीका दिन दुर्गा भवानीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ । यस दिन दसैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजा आराधना गरिन्छ। कतिपय स्थानमा परम्पराअनुसार पशुबलि दिने चलनसमेत रहेको छ । महाअष्टमीमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने धार्मिक मान्यता छ। वैदिक सनातन परम्परामा यस दिनलाई शक्ति स्वरूपा दुर्गा भवानीको आराधना गर्ने विशेष अवसरका रूपमा लिइन्छ । The post आजपनि बडादसैँको महाअष्टमी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

रास्वपाभित्र बढ्दो निराशाको संकेत
यस घटनालाई सांसदहरूले आफ्नो स्वतन्त्र विवेक प्रयोग गरेको उदाहरणका रूपमा हेर्न सकिएला तर त्यसो गर्दा अर्को प्रश्न उठ्न सक्छ । ...

भारत छाड्ने आदेशविरुद्ध इमरान खान बम्बे हाईकोर्टमा, निर्णयलाई दिए चुनौती
मुम्बई । अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानले आफूलाई भारत छाड्न दिइएको नोटिसविरुद्ध शनिबार बम्बे हाईकोर्टमा रिट निवेदन दायर गरेका छन्। उनले उक्त नोटिसलाई मनपरी, गैरकानुनी र असंवैधानिक भएको दाबी... ...

दाङको गढवामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास, प्रहरीले थाल्यो अनुसन्धान
रूपन्देही । दाङको गढवा गाउँपालिकामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास भएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले घटनाबारे मौखिक उजुरी प्राप्त भएपछि राति नै अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइनेछ । आइतबार राति मादक पदार्थ सेवन गरेका केही युवाले दुई महिलामाथि दुर्व्यवहारको प्रयास गरेका ...

दुबैगैंडामा हायस २०० मिटर तल खस्यो, तीन जना घाइते
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...


