काठमाडौं । सरकारी कार्यालयको समय आज कात्तिक १६ देखि परिवर्तन हुने भएको छ । जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको हो । नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ । यसअघि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको थियो । The post आजदेखि सरकारी कार्यालयको समय परिवर्तन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आजदेखि सरकारी कार्यालयको समय परिवर्तन

Read Complete Original Article
Published originally on कर्पोरट खबर






