आज सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, राति सजग रहन आग्रह

काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ । काठमाडौंलगायत विभिन्न स्थानमा वर्षा भइरहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव र बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण वर्षा भइरहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान तथा बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ । विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा/हिमपात सम्भावना रहेको विभागले बताएको छ । मौसमविद् विनोद पोखरेल रातभर कोसीदेखि वाग्मतीसम्म लगभग सबै ठाउँमा एकनासको हल्का वर्षा भएको बताउँछन् । मध्यरातपछि लुम्बिनी र गण्डकीका पूर्वी भागमा पनि वर्षा सुरु भएको उनले बताएका छन् । “आज दिनभर लगभग यस्तै वर्षा हुने देखिन्छ । तर, अपराह्न वा साँझदेखि नेपालको पूर्वी नेपालका आधा भागमा भारी वर्षाको सम्भावना छ,” मौसमविद् पोखरेल भन्छन्, “विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले बढी सजग रहनुपर्ने देखिन्छ ।”
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हिवाँरी डाँडा
यो पर्यटकीय स्थल सडक पहुँचको विकास तथा पर्यटकीय पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ...

विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने महिलालाई अब आजीवन कारावास
अस्ट्रेलिया । विषालु च्याउ मिसाएर खाना खुवाउँदै तीन जनाको हत्या गरेकी एरिन प्याटरसनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । पुनरावेदन अदालतले यसअघि सुनाइएको सजाय अपराधको गम्भीरताका तुलनामा अपर्याप्त रहेको ठहर... ...

यी ६ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उप... ...



