Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज नवदुर्गाको टीका र आशीर्वाद थाप्ने अन्तिम दिन

आज नवदुर्गाको टीका र आशीर्वाद थाप्ने अन्तिम दिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज नवदुर्गाको टीका र आशीर्वाद थाप्ने अन्तिम दिन

काठमाडौं।आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ। विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिन अर्थात् आजसम्म जारी रहने भएकाले सडकमा धेरै मानिसको चहलपहल देखिएको हो। नवदुर्गाको प्रसाद ग्रहण गर्ने आज अन्तिम दिन हो। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन्। केही दिन सुनसान रहेको राजधानी शहरमा शनिबार बिहानदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ। मानिसको चहलपहल बढेको देखिए पनि सवारी कम हुँदा यात्रा सहज हुन सकेको छैन। सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा आज बढी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप (तस्बिरहरू)
ताजा खबरJust now

दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप (तस्बिरहरू)

काठमाडौँ । दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ। दसैँ मनाउन घर गएकाहरू काठमाडौँ फर्किँदा राजमार्गमा सवारी चाप बढेको हो । राजमार्गमा चहलपहल बढेसँगै सिन्धुलीका पर्यटकीय स्थलहरू सिन्धुलीगढी र... ...

रातोपाटी
कहाँ-कहाँ भए दुर्घटना, जसमा १० जनाले गुमाए ज्यान ?
ताजा खबरJust now

कहाँ-कहाँ भए दुर्घटना, जसमा १० जनाले गुमाए ज्यान ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका सात जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, ललितपुर र बाँकेमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल, स्कुटर, कार, विद्युतीय गाडी (ईभी), ट्रक र ई–रिक्सा संलग्न थिए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित एचआईडी […] ...

लोकपथ
मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
ताजा खबरJust now

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

दाङ । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका... ...

रातोपाटी
जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
ताजा खबरJust now

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक

काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play