आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै महाशाखाले कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पूर्वानुमानअनुसार दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्नुपर्नेछ । The post आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

रास्वपाभित्र बढ्दो निराशाको संकेत
यस घटनालाई सांसदहरूले आफ्नो स्वतन्त्र विवेक प्रयोग गरेको उदाहरणका रूपमा हेर्न सकिएला तर त्यसो गर्दा अर्को प्रश्न उठ्न सक्छ । ...

भारत छाड्ने आदेशविरुद्ध इमरान खान बम्बे हाईकोर्टमा, निर्णयलाई दिए चुनौती
मुम्बई । अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानले आफूलाई भारत छाड्न दिइएको नोटिसविरुद्ध शनिबार बम्बे हाईकोर्टमा रिट निवेदन दायर गरेका छन्। उनले उक्त नोटिसलाई मनपरी, गैरकानुनी र असंवैधानिक भएको दाबी... ...

दाङको गढवामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास, प्रहरीले थाल्यो अनुसन्धान
रूपन्देही । दाङको गढवा गाउँपालिकामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास भएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले घटनाबारे मौखिक उजुरी प्राप्त भएपछि राति नै अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइनेछ । आइतबार राति मादक पदार्थ सेवन गरेका केही युवाले दुई महिलामाथि दुर्व्यवहारको प्रयास गरेका ...

दुबैगैंडामा हायस २०० मिटर तल खस्यो, तीन जना घाइते
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...


