Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आज तिहार पर्व अन्तर्गत ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मीपूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् बताउछन् । मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित कुकुरमा समर्पित आजको दिन अर्थात् कुकुरलाई पुजिने दिन हो । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । आज कुकुरलाई माला लगाएर उसलाई मनपर्ने खान खुवाएर पुजा गरिन्छ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको बताइएको छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । The post आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नरक चतुर्दशी : सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्व
Latest NewsJust now

नरक चतुर्दशी : सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्व

• नरक चतुर्दशी पर्व यमपञ्चकको महत्वपूर्ण दिन हो, जसले धार्मिक, आध्यात्मिक र दार्शनिक महत्व बोकेको छ। • यस दिन स्नान, तर्पण र यमदीप दान गर्ने परम्परा रहेको छ, जसले मानिसलाई असल कर्म गर्न र गलत कार्यबाट टाढा रहन प्रेरित गर्दछ। • चन्द्रोदयको समयमा स्नान र दीपदान गर्ने चलनले जीवनमा ज्ञानको ज्योतिले मार्गदर्शन गर्न सकोस् भन्ने सन्देश दिन्छ। ...

नेपालबहस
सहरको मागले गाउँमा घिउ अभाव
Latest NewsJust now

सहरको मागले गाउँमा घिउ अभाव

प्रकाश नेपालइलाम, कात्तिक २२ गते । इलामका गाउँमा उत्पादन हुने घिउ काठमाडौँ, बुटवल, विराटनगरलगायतका सहरमा माग बढेपछि जिल्लामै घिउको अभाव देखिन थालेको छ । ठुला सहरका व्यापारी गाउँमै... ...

गोरखापत्र
जनकपुरधाममा मनाइयो हनुमान जयन्ती
Latest NewsJust now

जनकपुरधाममा मनाइयो हनुमान जयन्ती

जनकपुरधाम। हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाइरहेका बेला जनकपुरधाममा शनिबार हनुमान जयन्ती मनाइएको छ। हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजनकीर्तनलगायत कार्यक्रम आयोजना गरेको छ। यसअघि परिषद्ले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभायात्रा निकाली नगर परिक्रमा गरेको थियो। शोभायात्रामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको पनि सहभागिता रहेको थियो। सभामुख यादवले भगवान् हनुमान हिन्दु ...

लुम्बिनी सञ्चार
घट्यो फूल र मालाको मूल्य
Latest NewsJust now

घट्यो फूल र मालाको मूल्य

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २२ गते । बजारमा फूल र मालाको मूल्य घटेको छ । तिहार ढिला परेको र फूल फूल्ने समय भएकाले पनि मूल्य घटेको व्यवसायीको भनाइ छ । गत वर्षको तुलनामा सय... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play