आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । “साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात हुनसक्छ”, उनले भने, “लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको तथा एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।” महर्जनले साताको सुरु र मध्यमा भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जानकारी दिए । पहाडी भू–भागमा साताको सुरु र मध्यमा सबै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साताको अन्त्यमा भने पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुनसक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका भू–भागमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन । साताको अन्त्यमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने मौसमविद् महर्जनले बताए । उनका अनुसार साताको अन्त्यमा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने भू–भागमा थोरै स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । आगामी सातामा देशका विभिन्न भू–भागको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

छ वर्षअघि बितेका म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो । अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरिन् । ...

काठमाडौँमा सवारीको चाप बढ्दै (तस्बिरहरू)
काठमाडौँ । दसैँको बाह्रौँ दिन शुक्रवार काठमाडौँमा सवारीको चाप बढेको छ । दसैँको समयमा सुनसान प्राय: रहेको काठमाडौँ उपत्यका मान्यजनसँगको टीका थाप्न जाने मानिसहरूको आवागमनसँगै चहलपहल बाक्लिएको हो । सडकमा... ...

शिक्षाको गुणस्तरका लागि शैक्षिक न्यायको आवश्यकता
शिक्षा कुनै पनि समाजको भविष्य निर्माण गर्ने आधार हो । आज विद्यालयमा दिइने शिक्षाले भोलिको समाजको चेतना, चरित्र र कार्यदिशा निर्धारण गर्छ । त्यसैले शिक्षा कस्तो छ भन्ने प्रश्नसँगै शिक्षाको व्यवस्थापन कति न्यायपूर्ण छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । म्याग्दीको शैक्षिक विकासको चर्चा गर्दा निजी तथा संस्थागत विद्यालयहरूले निर्वाह गरेको भूमिकालाई वर्तमानका उपलब्धिसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन । ...

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । “साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै ...


