काठमाडौं।नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि आईजीपीलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने प्रचलन थियो। गृहमन्त्रीबाटै आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको यो पहिलो पटक हो। सरकारले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट दानबहादुर कार्कीलाई हटाएर केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।
आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाई दिए दर्ज्यानी चिह्न

Read Complete Original Article
Published originally on नेपालन्युज






