Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

तनहुँ।आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको व्यवस्था तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ। गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट«याक निर्माण तथा खानेपानी पाइपलाइन विस्तारलगायत कामलाई पहिलो प्राथमिकतामा राखेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माका अनुसार उक्त अवधिमा चार हजार ९१८ मिटर सडक ढलान, एक हजार २६४ मिटर सडक कालोपत्र र ८८१ मिटर नाली निर्माण भएको छ। यसैगरी तीन हजार ५५४ मिटर नयाँ सडकको ट«याक खोलिएको छ। खानेपानीतर्फ आठ हजार ५०० मिटर नयाँ पाइपलाइन विस्तार गर्नुका साथै चार वटा सार्वजनिक धारा निर्माण गरिएको शर्माले जानकारी दिए। गाउँपालिकाले एक हजार ६०० मिटर सडक मर्मत तथा सम्भार गरेको छ। सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना निर्माण तथा मर्मतलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ। यस अवधिमा दुई वटा नयाँ भवन निर्माण र सात वटा भवन मर्मत गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। पाँच ठूला आयोजना प्राथमिकतामा गाउँपालिकाले ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँच वटा ठूला पूर्वाधार आयोजनालाई प्राथमिकता दिएको छ। लाब्दी बुद्धसिंह राजमार्ग जोड्ने सडक आयोजनाअन्तर्गत एक हजार ८०८ मिटर सडक निर्माण गरिएको छ। खानीखोला– रिङरोड आयोजना अन्तर्गत एक हजार ३३६ मिटर सडक पनि बनेको छ। यसैगरी लाब्दी–छिम्केश्वरी सडक स्तरोन्नति आयोजनाअन्तर्गत १५८ मिटर, कुसुमबारी–पौवा खोलागाउँ सडक ढलान आयोजनाको ५६० मिटर र भुजेलगाउँ पूर्वाधार निर्माण योजनाको ४१४ मिटर सडक निर्माण भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

गाउँदेखि सहरसम्म रौनक
ताजा खबरJust now

गाउँदेखि सहरसम्म रौनक

कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको छ। दसैँमा घर सिँगार्ने परम्परा अझै पनि ...

नेपालन्युज
भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर
ताजा खबरJust now

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । ...

कान्तिपुर
थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
ताजा खबरJust now

थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया

काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ... ...

रातोपाटी
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
ताजा खबरJust now

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play