अस्थायी टावर बनाएर २० दिनमै जोडियो २२० केभी क्षमताको प्रसारण लाइन

म्याग्दी । कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारण लाइन मर्मत गरिएको छ । विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र ६ धिरच्याङमा प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित एक सय ७६ मेगावाट विद्युत् गत असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन । नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काले बाढीले ढलाएका तीन वटा टावरको विकल्पमा एक वटा अस्थायी टावर बनाई तार तान्ने काम सकिएपछि शनिबार राती साढे १० बजे लाइन चार्ज गरिएको जानकारी दिए । ‘नेपाल विद्युत प्राधिकरण र कालीगण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाका प्राबिधिक जनशक्ति परिचालन गरेर बाढीले क्षति पु¥याएको २० दिनमै मर्मत गरेर विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न सफल भएका हौँ,’ उनले भने, ‘यस क्षेत्रका सबै आयोजनाले उत्पादन गरेको विद्युत खपत हुने वातावरण बनेको छ ।’ प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले क्षतिग्रस्त भएका तीनवटा टावरको विकल्पमा क्यानाडा प्रविधिको एकवटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिएको बताए । बेनी–जोमसोम सडकको भिरकाटे खण्ड देखि पारी रहेको अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलामा अस्थायी टावर निर्माण भएको छ । कालीगण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाहरु र महाशाखाका गरी २० जनाभन्दा बढी इन्जिनियर, त्यति नै संख्यामा प्राविधिक र ५० जना भन्दा बढी मजदुरहरु पछिल्लो १५ दिनयता परिचालन भएका थिए । अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनर्निर्माणको प्रक्रिया पनि सँगसँगै अगाडी बढाउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रसारणलाइनको टावरमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। ...

दशैंसँगै कलंकीमा खसी, बोका र च्याङ्ग्रा व्यापार सुरु ( फाेटाे फिचर )
• बडादशैंको तयारीसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा र कुखुराको व्यापार सुरु भएको छ। • व्यापारीहरूले चाडपर्वको लागि आवश्यक पशुपन्छीको बिक्री सडक किनारमा व्यवस्थित रूपमा गर्दैछन्। • दशैंको समयमा खसीबोका र च्याङ्ग्राको माग बढ्ने भएकाले उपभोक्ताहरूले मूल्य र गुणस्तरको तुलना गर्दै खरिद गर्न थालेका छन्। ...

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.२ को अधिवेशन सम्पन्न, सभापतिमा विश्वास बोगटी चयन
• नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ को नियमित क्षेत्रीय अधिवेशन सम्पन्न, विश्वास बोगटी क्षेत्रीय सभापति चयन। • विभिन्न समूह र समावेशी क्लस्टरअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको चयन गरिएको छ, जसमा पुरुष, महिला, समावेशी र युवा प्रतिनिधिहरू समावेश छन्। • अधिवेशनसँगै विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो। ...

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०
काभ्रेपलाञ्चोक। माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट... ...


