Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियाको मुद्रास्फीति तीन वर्षयताकै उच्च विन्दुमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियाको मुद्रास्फीति तीन वर्षयताकै उच्च विन्दुमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं- अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अक्टोबरमा मुद्रास्फीति दर ४.९ प्रतिशत पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार अक्टोबरसम्मको १२ महिनामा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) ४.९ प्रतिशतले बढेको हो। सेप्टेम्बरमा यो दर ४.३ प्रतिशत थियो। अक्टोबरमा देखिएको यो वृद्धि सन् २०२३ को अक्टोबरयताकै उच्च हो। यसअघि अर्थशास्त्रीहरूले मुद्रास्फीति दर ४.७ देखि ४.८ प्रतिशत रहने अनुमान गरेका थिए तर वास्तविक तथ्याङ्क त्योभन्दा बढी देखिएको छ। अस्ट्रेलियन रिजर्भ बैंक (आरबीए) ले मुद्रास्फीति मापनका लागि प्रयोग गर्ने वार्षिक ट्रिम्ड मीन सूचक पनि सेप्टेम्बरको ३.६ प्रतिशतबाट बढेर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ। डिसेम्बरको सुरुमा हुने आरबीएको सन् २०२६ को अन्तिम मौद्रिक नीति बैठकअघि यो तथ्याङ्क सार्वजनिक भएको हो। सो बैठकमा बैंकले ब्याजदर समायोजन गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। केन्द्रीय बैंकले मुद्रास्फीतिलाई २ देखि ३ प्रतिशतको लक्ष्य सीमाभित्र ल्याउन सन् २०२६ मा पाँच पटक ०.२५ प्रतिशत बिन्दुका दरले नगद ब्याजदर बढाइसकेको छ। हाल ब्याजदर १८ वर्षयताकै उच्च ४.८५ प्रतिशत रहेको छ। एबीएसकी मूल्य तथ्याङ्क प्रमुख रेचल म्याकक्रिकका अनुसार अक्टोबरसम्मको एक वर्षमा आवास क्षेत्र मुद्रास्फीति वृद्धिमा सबैभन्दा ठूलो कारक बनेको छ। आवाससम्बन्धी मूल्य ६.४ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा ५.२ प्रतिशत थियो। त्यसैगरी, यातायात क्षेत्रमा वार्षिक रूपमा १०.६ प्रतिशत मूल्यवृद्धि भएको छ। म्याकक्रिकका अनुसार विश्व बजारमा तेलको मूल्य बढेका कारण इन्धनको मूल्यमा वृद्धि भएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सशस्त्रका डीआईजी श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधियो, १२ घण्टे स्पष्टीकरण पनि सोध्ने तयारी
Latest NewsJust now

सशस्त्रका डीआईजी श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधियो, १२ घण्टे स्पष्टीकरण पनि सोध्ने तयारी

काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल (एसएसबी) भारतबीच कात्तिक दोस्रो साता काठमाडौंमा सम्पन्न तीनदिने १०औँ द्विपक्षीय समन्वय बैठकको भिडियो र तस्बिर आफूखुशी सामाजिक सञ्जालमा राखेको भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले उनलाई तिहारअघि नै २४ घण्टे स्पष्टीकरण सोधेको […] ...

लोकपथ
दूरसञ्चार सेवाको गुणस्तरमाथि सञ्चारमन्त्रीको प्रश्न
Latest NewsJust now

दूरसञ्चार सेवाको गुणस्तरमाथि सञ्चारमन्त्रीको प्रश्न

काठमाडौं उपत्यकाभित्रै फोन सम्पर्क विच्छेद हुने र ग्राहकसँगको सम्झौताअनुसार इन्टरनेटको गति आधा पनि नदिने सेवा प्रदायक गुणस्तर सुधार्नुको साटो नियामकलाई प्रभावमा पारेर नाफा कमाउन मात्र उद्यत भएको सञ्चारमन्त्री तिमिल्सिनाको दाबी ...

कान्तिपुर
पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा
Latest NewsJust now

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रकम असुली गरेको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको बूढानीलकण्ठस्थित निवासमा सीआईबीले छापा मारेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार साँझ अनुसन्धानसँग सम्बन्धित कागजात तथा प्रमाण संकलनका लागि उनको घरमा खानतलासी गरेको हो। अर्याललाई बिहीबार भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा ...

नेपालन्युज
इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु
Latest NewsJust now

इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी कायरोको प्रमुख रिङ रोडमा उक्त दुर्घटना भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement