Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा
Photo / Coverage: नेपालन्युज

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रकम असुली गरेको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको बूढानीलकण्ठस्थित निवासमा सीआईबीले छापा मारेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार साँझ अनुसन्धानसँग सम्बन्धित कागजात तथा प्रमाण संकलनका लागि उनको घरमा खानतलासी गरेको हो। अर्याललाई बिहीबार भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा मलेसिया जाने श्रमिकबाट अवैध रकम असुली गरी विदेश पठाउने प्रक्रियामा संलग्न रहेको आरोप छ। उनले २०७८ मंसिर १५ देखि २०८० जेठ २९ गतेसम्म श्रम सचिवको जिम्मेवारी सम्हालेका थिए। सीआईबीको अनुसन्धानअनुसार नेपाली श्रमिकबाट असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ अमेरिकी डलर र बेलायती पाउन्डमा रूपान्तरण गरी १७ पटकसम्म मलेसिया पठाइएको थियो। यस प्रकरणमा दुई पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित ११ जना पक्राउ परिसकेका छन्। उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ। अर्याललाई थप अनुसन्धानका लागि अदालतबाट म्याद लिन शुक्रबार उपस्थित गराउने तयारी सीआईबीले गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१० बजे १० समाचार :  मन्त्री सोबिता गौतमको वरीयता सुधारदेखि पूर्वमुख्यसचिव पक्राउसम्म
Latest NewsJust now

१० बजे १० समाचार :  मन्त्री सोबिता गौतमको वरीयता सुधारदेखि पूर्वमुख्यसचिव पक्राउसम्म

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको १० गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१० बजे १० समाचार’ लिएर हाजिर भएका छौँ... ...

रातोपाटी
सुध्रिएन औद्योगिक क्षेत्र, क्षमता उपयोग घटेको घट्यै
Latest NewsJust now

सुध्रिएन औद्योगिक क्षेत्र, क्षमता उपयोग घटेको घट्यै

गत वर्ष भटमास तेल उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२.४१ प्रतिशत, वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २.३६ प्रतिशत ...

कान्तिपुर
सशस्त्रका डीआईजी श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधियो, १२ घण्टे स्पष्टीकरण पनि सोध्ने तयारी
Latest NewsJust now

सशस्त्रका डीआईजी श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधियो, १२ घण्टे स्पष्टीकरण पनि सोध्ने तयारी

काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल (एसएसबी) भारतबीच कात्तिक दोस्रो साता काठमाडौंमा सम्पन्न तीनदिने १०औँ द्विपक्षीय समन्वय बैठकको भिडियो र तस्बिर आफूखुशी सामाजिक सञ्जालमा राखेको भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले उनलाई तिहारअघि नै २४ घण्टे स्पष्टीकरण सोधेको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement