अशान्त फ्रान्स: केही शहरहरूमा कर्फ्यु लगाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं- फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले व्यापार व्यवसायको सुरक्षाका लागि क्षेत्रीय अधिकारीहरूलाई केही शहरहरूमा आंशिक र स्थानीय कर्फ्यू लगाउन आग्रह गरेका छन् । सप्ताहन्तमा फ्रान्समा भएका प्रदर्शनहरू सबैभन्दा खराब सडक हिंसामा परिणत भएपछि प्रधानमन्त्री लेकोर्नुले उक्त आग्रह गरेको अलजजिराले उल्लेख गरेको छ । फान्समा हिंसात्मक घटना भएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले पूर्वानुमान र गुप्तचर सूचनामा कमजोरी भएको स्वीकार गरेका छन् । तर गृहमन्त्री लोरेन्ट नुनेजको राजीनामालाई भने उनले अस्वीकार गरेका छन्। गृहमन्त्री नुनेजले मुख्यतया महँगी र जीवनयापनको सङ्कटलाई लिएर भएका दिनहुँका हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रण गुमाएको स्वीकार गरेका थिए । उनले उक्त घटनाको नैतिक जिम्मेवारी पदबाट राजीनामा पनि दिएका थिए । शनिबार राष्ट्रव्यापी रूपमा ठूलो मात्रामा लुटपाट र आगजनी फैलिएपछि प्रहरी र प्रदर्शनकारीहरूबीच भएको झडपमा झन्डै २ हजार ४०० जना पक्राउ परेका छन् । त्यस्तै करिब १ हजार प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। आइतबार पनि थप गिरफ्तारी र लुटपाटका घटनाहरू दर्ता भएका बताइएको छ । घरजग्गाको बढ्दो मूल्य र महँगीलाई लिएर इटाली, पोर्चुगल र स्पेन लगायत अन्य युरोपेली राष्ट्रहरूमा पनि यस्तै किसिमका प्रदर्शनहरू सुरु भएका छन् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया
२०४० सालमै पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । स्रोत अभावले रोकिएको आयोजनामा असोज २५ गतेको बाढीले थप अन्योल सिर्जना गरेको छ । ...

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने
काठमाण्डु – विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले सोमबार आयोजना गरेको सरोकार भएका […] ...

दसैं बिदा नलिई सेवामा सक्रिय दमकल, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका कर्मचारी
दसैंमा सरकारी कार्यालय बन्द भए पनि आगलागी, दुर्घटना र बिरामीको उपचारजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालनमा छन् । परिवारसँग चाडपर्व मनाउने रहर थाती राखेर दमकल, एम्बुलेन्स, रक्तसञ्चार सेवा र अस्पतालका कर्मचारी सेवामा खटिएका छन् । ...

ओमानविरुद्ध नेपाल १० रनले विजयी
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओम... ...


