Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा अवैध लागूऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । काठमाडौं, सुनसरी, उदयपुर, झापा, सिराहा, कपिलवस्तु, कैलाली, बझाङ, धनुषा र मकवानपुरलगायतका स्थानबाट उनीहरू पक्राउ परेका हुन् । प्रहरीकाअनुसार पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, ब्राउनसुगर, चरेस, गाँजा तथा ट्रामाडोल, स्पास्पेन, स्पास्मो र नाइट्राजेपामजस्ता लागूऔषध बरामद गरिएको छ । काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम ७६० मिलिग्राम पदार्थसहित चार जना पक्राउ परेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेका दुईवटा ट्याक्सी र एउटा स्कुटरसमेत बरामद गरेको छ। सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट ब्राउनसुगरजस्तो देखिने ३ ग्राम ७५० मिलिग्राम पदार्थसहित तीन जना पक्राउ परेका छन् । त्यस्तै, इटहरी उपमहानगरपालिका-१३ बाट ट्रामाडोल ६ हजार ९८० ट्याब्लेट र स्पास्पेन ७ हजार ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सिटी सफारी जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको जनाएको छ। सुनसरीकै बराहक्षेत्र नगरपालिका-५ राँगाचोकबाट ब्राउनसुगरजस्तो देखिने ११० मिलिग्राम पदार्थ र २३ हजार १८५ रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-६ बसपार्कबाट स्पास्मो २८८ ट्याब्लेट र नाइट्राजेपाम ३०० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्। झापाको बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्कस्थित डेराबाट ब्राउनसुगरजस्तो देखिने ३ ग्राम १ मिलिग्राम पदार्थसहित अर्का एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । सिराहाको गोलबजार नगरपालिका-४ निपनिया चोकबाट खैरो हेरोइनजस्तो देखिने ५३ ग्राम ३० मिलिग्राम पदार्थ र डिजिटल तराजुसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । कपिलवस्तुको शिवराज नगरपालिका-२ हल्लानगरबाट ब्राउनसुगरजस्तो देखिने ९ ग्राम २४० मिलिग्राम पदार्थ र डिजिटल तराजुसहित एक महिला पक्राउ परेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट ब्राउनसुगरजस्तो देखिने ४ ग्राम ८१६ मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन् । धनगढी-१२ कम्पनीटोलबाट पनि ४६४ मिलिग्राम उक्त पदार्थसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। बझाङको बित्थडचिर गाउँपालिका-८ बागथला बजारबाट चरेसजस्तो देखिने ५ किलो १९५ ग्राम पदार्थसहित एक जना पक्राउ परेका छन् । चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-९ बरमझियाबाट गाँजा ३६० ग्रामसहित एक जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ बाट खैरो हेरोइनजस्तो देखिने ३२० मिलिग्राम पदार्थसहित एक जना पक्राउ परेका छन् । प्रहरीले उनको मोटरसाइकलसमेत बरामद गरेको छ । प्रहरीकाअनुसार पक्राउ परेका सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

खोटाङमा खुकुरी प्रहारबाट चार जना घाइते, एकजना पक्राउ
ताजा खबरJust now

खोटाङमा खुकुरी प्रहारबाट चार जना घाइते, एकजना पक्राउ

खोटाङ । खोटाङमा धारिलो हतियार खुकुरी प्रहारबाट चारजना घाईते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार जारबुङ सिम्लेका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली आहालेमा गई धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना घाईते भएका हुन् । नइन्द्रकुमारले असोज ९ गते राती साढे १२ बजे आफ्नै ४० वर्षीया श्रीमती अन्जना राईलाई टाउको पछाडि प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन् । ६२ वर्षीया सासुआमा ...

हिमालय टाइम्स
दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई निःशुल्क प्राविधिक सेवा
ताजा खबरJust now

दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई निःशुल्क प्राविधिक सेवा

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्तालाई स्थानीयस्तरमै प्राविधिक सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले ब्रदर निःशुल्क सेवा शिविर आयोजना हुने भएको छ। नासा कम्प्युटर सप्लायर्सको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने शिविर कार्तिक १४ र १५ गते दमौलीमा आयोजना हुनेछ। दुई दिन सञ्चालन हुने उक्त सेवा शिविर व्यास–२, दमौलीस्थित बालमन्दिर तथा सत्यवती स्कुल लाइन क्षेत्रमा आयोजना हुनेछ। ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play