अवैध लागुऔषधसहित युवक पक्राउ

काठमाडौं।सिद्धार्थ नगरपालिका–३ बाट अवैध लागुऔषध खैरो हेरोइन १८ ग्रामसहित एक युवक पक्राउ परेका छन्। सिद्धार्थ नगरपालिका–१ बस्ने २० वर्षीय अफजल पठानलाई आज प्रहरीले पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। यसैबीच प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी बिरूवा गाउँपालिका–३ बस्ने ६८ वर्षीय रनबहादुर थापालाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत स्याङ्जाबाट उक्त मुद्दामा ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका–१ स्याङ्जा बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका थापालाइ कैद भुक्तानका लागि कारागार कार्यालय स्याङ्जा पठाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हिमाली क्षेत्रमा तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको प्रस्ताव
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै सरकारका तर्फबाट उक्त प्रस्ताव पेस गरेकी हुन्। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने कोप–३१ मा प्रस्तावमाथि छलफल हुनेछ। ...

नेपाल प्रेसका प्रधान सम्पादक पौडेल र अध्यक्ष लम्साल साइबर ब्युरोमा
काठमाडौं । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेलगत्तै नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई साइबर ब्युरोमा बोलाइएको छ। प्रधान सम्पादक पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र... ...

न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन् । सर्वोच्च अदालतले आज आयोजना गरेको ‘न्यायमा पहुँचसम्बन्धी संवाद’ कार्यक्रममा उनले नागरिकले सहज... ...

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य
समाचार गलत भए त्यसको कानुनी उपचार खोज्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई प्रहरीमार्फत साइबर ब्युरो पुर्याउनु कानुनी राज्यको उपहास भएको उनको भनाइ छ । ...


