Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/अल्गाेरिदमकाे विश्वव्यापी प्रभाव- छाडा गाली गर्नेले दुई तिहाइ मत पाइरहेका छन् : गगन थापा

अल्गाेरिदमकाे विश्वव्यापी प्रभाव- छाडा गाली गर्नेले दुई तिहाइ मत पाइरहेका छन् : गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अल्गाेरिदमकाे विश्वव्यापी प्रभाव- छाडा गाली गर्नेले दुई तिहाइ मत पाइरहेका छन् : गगन थापा

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका सभापति गगन थापाले विश्व राजनीति नै अल्गोरिदमको प्रभावमा पर्दै गएको बताउनुभएको छ । काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सामाजिक सञ्जालमा छाडा गालीगलौज र उत्तेजक सामग्री प्रस्तुत गर्नेहरूले समेत दुई तिहाइ मत पाइरहेको टिप्पणी गर्नुभयाे । परम्परागत राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गएको र त्यसको प्रभाव नेपालको राजनीतिमा समेत देखिएकाे थापाले बताउनुभयाे। विश्वभरका मतदातामा परम्परागत राजनीतिक दलले समस्याको समाधान गर्न सक्दैनन् भन्ने धारणा बढ्दै गएको उहाँकाे भनाइ छ । थापाले युरोपका विभिन्न १४–१५ वटा निर्वाचनसम्बन्धी सर्वेक्षणमा परम्परागत राजनीतिक दलको मतदाता आधार ३० प्रतिशतले घटेको उल्लेख गर्नुभयाे। ब्राजिलको निर्वाचनको उदाहरण दिँदै उहाँले सामाजिक सञ्जालमा बन्दुक पड्काएको, गरिबलाई मार्नुपर्ने भन्दै अपशब्द प्रयोग गरेका भिडियो पोस्ट गर्नेहरू नै ठूलो मतान्तरसहित विजयी हुने अवस्था देखिएको बताउनुभयाे । ‘ग्लोबल पोलिटिक्स नै अल्गोरिदमले लतारिरहेको छ,’ थापाले भन्नुभयाे । सामाजिक सञ्जालमा प्रस्तुत हुने सामग्री र त्यसले मतदाताको सोच तथा राजनीतिक निर्णयमा पार्ने प्रभावप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयाे। नयाँ र पुरानो राजनीतिको नाममा समाज तथा राजनीति विभाजित भइरहेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले सबैलाई सँगै लिएर अघि बढ्न सक्ने बताउनुभयाे। बदलिँदो राजनीतिक परिवेशमा पार्टीले आफ्नो विचार, संगठन र नेतृत्वलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनमा आफूले समर्थन गरेका कतिपय उम्मेदवार पराजित भएको प्रसंग उल्लेख गर्दै थापाले आन्तरिक प्रतिस्पर्धाको परिणामलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयाे। आफूले मत दिएका केही उम्मेदवार निर्वाचित हुन नसकेको र मत दिन छुटाएका केही उम्मेदवार निर्वाचित भएको उहाँले सुनाउनुभयाे । ‘जित्नेले हस्तिनापुर नै जित्यो, हार्नेले सबै गुमायो भन्ने होइन, यो आन्तरिक प्रतिस्पर्धा हो, सबैलाई मैले मिलाएर लैजानुपर्नेछ’, उहाँले भन्नुभयाे । महाधिवेशनमा प्रतिस्पर्धा नगरेका वा प्रतिस्पर्धा गरेर पनि निर्वाचित हुन नसकेका नेताहरूलाई अयोग्यका रूपमा हेर्न नहुने उहाँको भनाइ छ। पार्टीभित्रको प्रतिस्पर्धापछि सबैलाई समेटेर अघि बढ्नु आफ्नो जिम्मेवारी रहेको उहाँले बताउनुभयाे। थापाले पार्टीको आगामी यात्रामा विचार, संगठन र नेतृत्वलाई प्राथमिकतामा राख्दै आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिनुभयाे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा
राजनीतिJust now

मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का चार मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले शुक्रबार राजीनामा दिएका हुन् । चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक […] ...

लोकपथ
यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय, विपद् प्रभावित परिवारलाई मासिक १५ हजार
राजनीतिJust now

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय, विपद् प्रभावित परिवारलाई मासिक १५ हजार

काठमाण्डु – सरकारले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका १३ निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जापान सरकारबाट प्राप्त हुने २९५ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य […] ...

काठमाण्डुपाटी
मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?
राजनीतिJust now

मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

सरकारले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका १३ निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जापान सरकारबाट प्राप्त हुने २९५ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपत्कालीन अनुदान सहायता र जर्मनीबाट प्राप्त हुने २० ...

फरकधार
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
राजनीतिJust now

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ । एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा छन् । एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play