‘अर्नब’को प्रभाव : कञ्चनजंघा र मनास्लु क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

काठमाडौं। कञ्चनजंघा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन् । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि पर्यटक रोकिएका हुन् । उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकी बीचबाटोमै पर्ने होटेल तथा बस्तीहरूमा रोकिनुपरेको हो । बस्तीहरूका होटेल पर्यटकले भरिएका छन् । कञ्चनजंघा बेसक्याम्पतर्फ भ्रमणमा गएका फोटो पत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटेल आन्तरिक तथा बाह्य पर्यटकले भरिएका छन् । उनको टोली नै दुई दिनदेखि त्यही रोकिनुपरेको छ । पदमार्गका होटेलसमेत पर्यटकले भरिएको भ्रमणमा रहेका पाँचथरका पत्रकार गिरीराज बाँस्कोटाले जानकारी दिए । त्यस क्षेत्रमा सिमसिम पानी परिरहेको छ । चिसो बढेको छ भने उच्च भेगका डाँडामा हिमपात भएको छ । कञ्चनजंघाको उत्तरी आधार शिविरतर्फ जाने पदमार्गमा पर्ने इटालीटार, लामाटार, अम्जिलेसा, थांगीम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकलगायत बस्ती तथा दक्षिणी आधार शिविरतर्फका याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम र राम्जेलगायतका स्थानमा रहेका होटलहरूमा पर्यटकको चाप बढेको छ । लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा रहेको ऐतिहासिक दिकीछ्योर्लिङ गुम्बालगायत क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि पुगेको सराफ फाउन्डेसनको टोलीसँगै रहेका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार स्वदेशी तथा विदेशी गरी करिब ६० जना पर्यटक अहिले ओलाङचुङगोलामै छन् । उनीहरू त्यहीँका होटेलहरूमा बसेका छन् । मनास्लु क्षेत्रमा पदयात्रा नगर्न स्थानीय प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको भन्दै स्थानीय प्रशासन ले पदयात्रा गर्न रोक लगाएको हो। ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिनुभएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ’, जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति बिहीबारदेखि लागू नहुने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत् जानकारी गराइन्छ।’ साथै ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकलगायत सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधिले मातहतका पर्यटकलाई सूचित गरिदिन पनि प्रशासनले आग्रह गरेको छ। रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...


