अर्नब चक्रवातको प्रभाव कमजोर, आजदेखि मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको मौसम पूर्वाचनुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै छ। हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा भने रातिदेखि नै पानी पर्न रोकिएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। आज राति पनि देशभर आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अमेरिकामा 'करी' भित्र्याउने भारतीय सेफ, जो पछि रहस्यमय रूपमा हराए
काठमाडौँ । सन् १९०१ मा एक भारतीय सेफले अमेरिकामा सम्भवतः पहिलो भारतीय रेस्टुराँ खोलेका थिए । रञ्जी स्माइल अमेरिकी खानपानको क्षेत्रमा प्रभाव पार्ने सबैभन्दा रोचक र रहस्यमय व्यक्तित्वमध्ये एक थिए... ...

खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो ।... ...

एनपीएल : आज जनकपुर र पोखरा भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुनेछन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम ...

‘अब आफ्नै जग्गाको मालिक भयौँ’
सन्तोष दहितदाङ, कात्तिक १५ गते । “अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दु... ...


