Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/अर्थमन्त्री स्वर्णिम वाग्लेको घोषणा : भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय अव सकियो

अर्थमन्त्री स्वर्णिम वाग्लेको घोषणा : भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय अव सकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री स्वर्णिम वाग्लेको घोषणा : भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय अव सकियो

नयाँदिल्ली, कात्तिक ६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताउनु भएको छ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित ’एनडिटिभी वल्र्ड समिट २०२६’ मा बोल्दै यस्तो धारणा राख्नुभएको हो । उहाँले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेको पनि बताउनु भयो । एनडिटिभीका अनुसार शुक्रबार नेपाल–भारत सम्बन्धबारे आयोजित विशेष सत्रमा वाग्लेले दुई देशको सम्बन्धमा बेलाबेला समस्या देखिए पनि भौगोलिक र सामाजिक निकटताले गहिरोसँग जोडेको उल्लेख गर्नुभयो । यस्तै प्रधानमन्त्री शाहले चाँडै भारत भ्रमण गर्ने जानकारी पनि दिनुभयो । अर्थमन्त्री वाग्ले सहभागी सम्मेलन भारतीय सञ्चारमाध्यम एनडिटिभीले बिहीबार र शुक्रबार आयोजना गरेको हो । वाग्लेले शुक्रबार ‘Proximity to ProsperityM The India–Nepal Opportunity’ शीर्षकको सत्रमा बोल्नुभएको हो । सो सत्र नेपाल–भारतको निकटतालाई आर्थिक समृद्धिको अवसरमा कसरी बदल्ने भन्ने विषयमा केन्द्रित थियो । सम्मेलनमा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपालजस्ता मुलुकले ऋण लिनुपर्ने अवस्थामाथि प्रश्न उठाउनु भयो । एनडिटिभीले सार्वजनिक गरेको अर्थमन्त्री वाग्लेको कार्यक्रमको अंश अनुसार, जलवायु संकट सिर्जना गर्न नेपालको योगदान अत्यन्त कम भए पनि त्यसले ध्वस्त बनाएका पूर्वाधार पुनर्निर्माणको आर्थिक भार नेपालमाथि परिरहेको बताउनु भएको छ ।बाढीले क्षति पुर्याएका पुल, सडक, स्वच्छ ऊर्जा उत्पादन गर्ने जलविद्युत आयोजना र घर पुनर्निर्माण गर्न नेपालले किन ऋण लिनुपर्ने भन्ने उहाँको प्रश्न थियो। यो विषय अन्तर्राष्ट्रिय छलफलमा ल्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । अर्थमन्त्री वाग्लेले नेपालमा भएका ठूला विपदपछि भारतले गरेको तत्काल सहयोगको भने प्रशंसा गर्नुभयो । यस्तै २०७२ सालको भूकम्पपछि केही घन्टामै भारतीय सहायता काठमाडौं आइपुगेको स्मरण गर्दै उहाँले पछिल्लो बाढीपछि पनि भारतबाट तत्काल सहयोग प्राप्त भएको बताउनु भयो । उहाँले बाढीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई फोन गरेर सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो । वाग्लेले सम्मेलनमा नेपालको जेनजी आन्दोलन र युवा पुस्ताको राजनीतिक अपेक्षाबारे पनि आफ्नो धारणा राख्नुभयो । स्मार्टफोन र सामाजिक सञ्जालसँग हुर्किएको पुस्ता यथास्थिति स्वीकार्न तयार नभएको भन्दै उहाँले डिजिटल प्रविधिले राजनीतिक सहभागिता, सार्वजनिक अपेक्षा र सामाजिक आन्दोलनको स्वरूप बदलिरहेको धारणा राख्नुभयो । युवा आन्दोलनको प्रभाव दीर्घकालीन बनाउन सडकको आक्रोशलाई लोकतान्त्रिक संस्थासँग जोड्नुपर्नेमा पनि वाग्लले जोड दिनुभएको छ । नेपालको अनुभवलाई राजनीतिक परिवर्तनको उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले आन्दोलनबाट उठेका मागलाई संस्थागत प्रक्रियामा लैजानुपर्ने बताउनु भयो । यसअघि बिहीबार वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकर मुख्य वक्ता रहेको सत्रमा बदलिँदो अन्तर्राष्ट्रिय सहकार्यबारे प्रश्न राख्नुभएको थियो । उहाँले परम्परागत बहुपक्षीय संस्थाको सट्टा समान स्वार्थ भएका देशका साना र लचिला समूहहरूमार्फत सहकार्य गर्ने प्रवृत्ति बढेको हो ? भन्ने प्रश्न गर्नुभएको हो । सो प्रश्नको जवाफमा बिदेशमन्त्री जयशंकरले पनि रोचक जवाफ दिनुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
राजनीतिJust now

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौँ, कात्तिक ६ गते । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ।ए... ...

गोरखापत्र
हानि-नोक्सानी कोषको अनुदान लिन प्रस्ताव पेस गर्ने तयारीमा नेपाल
राजनीतिJust now

हानि-नोक्सानी कोषको अनुदान लिन प्रस्ताव पेस गर्ने तयारीमा नेपाल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई दुई करोड अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेसँगै सरकारले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने भएको छ । कोषको बिहीबार सम्पन्न पहिलो असाधारण ‘भर्चुअल’ बैठकले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउने निर्णय ...

फरकधार
एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
राजनीतिJust now

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो ...

पर्दाफास
अमिताभ बच्चनको बंगला उडाइदिने धम्की, मुम्बई प्रहरीले शुरू गर्यो अनुसन्धान
राजनीतिJust now

अमिताभ बच्चनको बंगला उडाइदिने धम्की, मुम्बई प्रहरीले शुरू गर्यो अनुसन्धान

बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलालाई लक्षित गरी बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्स (बीकेसी) क्षेत्रस्थित एउटा विद्यालयमा बच्चनको बंगलामा विस्फोट गराउने धम्की समेटिएको इमेल प्राप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बई प्रहरीले शुक्रबार उक्त घटनाबारे जानकारी दिँदै धम्कीपूर्ण इमेलको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि, बच्चनको निवासमध्ये ‘जलसा’ वा ‘प्रतीक्षा’ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play