Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

अर्थमन्त्री डा. वाग्ले टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री डा. वाग्ले टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पर्नुभएको छ । वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको पैरवी, जलवायु वित्तका लागि गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे राखेका विचारलाई महत्त्वपूर्ण मान्दै टाइम म्यागजिनले उहाँलाई सूचीमा समेटेको हो । विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्येयता, नीति निर्माता र राजनीतिज्ञ समेत रहेका डा. वाग्लेले भोटेकोशी बाढीपछि गरेको तीन वटा कार्यलाई छनोटको आधार मानिएको छ । टाइम म्यागजिनले छनोटका गरेका १०० प्रभावशाली व्यक्तिको सूचीमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत पनि हुनुहुन्छ । The post अर्थमन्त्री डा. वाग्ले टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल संवत् सबै नेपालीको साझा मौलिक संवत् हो: उपसभापति आचार्य
Latest NewsJust now

नेपाल संवत् सबै नेपालीको साझा मौलिक संवत् हो: उपसभापति आचार्य

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले नेपाल संवत् कुनै जाति वा समुदाय विशेषको नभई नेपालभित्र बस्ने सबै नेपालीको मौलिक संवत् भएको बताएका छन्। भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल... ...

रातोपाटी
रास्वपा सभापति लामिछानेः शुभकामना सन्देश
Latest NewsJust now

रास्वपा सभापति लामिछानेः शुभकामना सन्देश

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिदैँ सभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका हुन्। उनले ...

नेपालन्युज
बिरामीको चाप बढेपछि जीतपुरसिमरा नगर अस्पतालद्वारा नयाँ भवनबाट सेवा सुरु
Latest NewsJust now

बिरामीको चाप बढेपछि जीतपुरसिमरा नगर अस्पतालद्वारा नयाँ भवनबाट सेवा सुरु

बारा । दैनिक सेवा लिन आउने बिरामीको चाप ह्वात्तै बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले नयाँ भवनबाट नगर अस्पतालको सेवा सुरु गरेको छ । जीर्ण र साँघुरो भवनबाट सबैखाले सेवा दिन असहज भएपछि कात्तिक... ...

रातोपाटी
सरकारी कामकाज र डिजिटल प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छः सभामुख अर्याल
Latest NewsJust now

सरकारी कामकाज र डिजिटल प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छः सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन्। मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनु महत्वपूर्ण उपलब्धि भए पनि यसको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए । नेपाल संवत् वर्ष गणनाको आधार मात्र नभई ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play